STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भक्तपुरमा पनि अत्यावश्यक बाहेकका सेवा स्थगित

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १, शनिबार

भक्तपुर –  उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि आइतबारदेखि नै लागू हुनेगरी अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको छ । 

‘पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमणदर अत्यधिक बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भिडभाड अत्यधिक भइ संक्रमण सेवाग्राहीमा समेत फैलन सक्ने उच्च जोखिम रहेका कारण कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसमेतसँगको छलफल, परामर्श एवम् निष्कर्षका आधारमा कात्तिक २ गतेदेखि अर्को सूचना नभएसम्मका लागि जिल्लाभित्र अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा प्रवाह स्थगित गरिएको छ’, जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा भनिएको छ । 

यसअघि कोरोना संक्रमित थपिँदै गएपछि ललितपुरमा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आइतबारदेखि अत्यावश्यक बाहेका सेवा स्थगित गर्ने जनाएको छ ।

हालसम्म जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने यसबारे केही निर्णय गरेको छैन । 

Categorized in उपत्यका