भक्तपुर थिमि क्षेत्र सिल, ललितपुरकाे आरोग्य र निदान अस्पताल पनि सिल
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३१, बुधबार
काठमाडौं – मध्यपुर थिमी नगरपालिका वडा नं ४ शंखधर साख्वा चोक बस्ने स्वास्थ्यकर्मीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि थिमि शंखधर साख्वाः चोक वरपरको क्षेत्र सिल गरिएको छ ।
संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले सिल गरिएपछि त्यस क्षेत्रमा यातायात चल्न निषेध गरिएको छ ।
प्रहरीले सबैजसो सडकमा डोरी टाँगेर र बार राखेर बन्द गराएको छ ।
ललितपुरको निदान अस्पताल र आरोग्य फाउण्डेशन पनि सिल
आरोग्य फाउण्डेसनमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि बुधबार आरोग्य फाउण्डेसन र निदान अस्पताल पनि सिल गरिएको छ ।
कोरोनाको सम्भावित संक्रमणको जोखिम कम गर्न दुवै स्वास्थ्य संस्थाको भवन सिल गरिएको प्रहरीले जनाएको छ ।
सिल गरिएको भवनमा सुरक्षाकर्मीले पस्न निषेध गरिएको छ ।
Categorized in उपत्यका