STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालनको निर्णय • जाेर बिजाेर प्रणाली हटाइयाे

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ६, मंगलबार

काठमाडौं - मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यातायात व्‍यवसायीहरुले साउन ८ गतेदेखि नै मध्यम तथा लामो दूरीमा यातायात सञ्चालन गर्न दिन माग गरेका थिए । तर सरकारले भदौ १ गतेपछि मात्र लामो दूरीको यातायात खोल्ने निर्णय गरेको हो । भदौ १ गते भन्दा अघिसम्म भने उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र यातायात सञ्चालन गर्न पाइनेछ । निजी सवारीको हकमा लागू गरिएकाे जोर विजोर प्रणाली हटाइएकाे छ । सरकारले २९ जेठबाट जोर विजोर प्रणालीअनुसार निजी सवारी चलाउन अनुमति दिएको थियो ।
Categorized in राष्ट्रिय