STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भदौ ७ देखि १० गतेसम्म कांग्रेसको महाधिवेशन गर्न प्रस्ताव

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण ५, बुधबार

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा २०७८ भदौमा १४ औं महधिवेशन गर्ने प्रस्ताव पेस भएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आगामी भदौ ७ गते देखि १० गते सम्म केन्द्रीय महाधिवेसन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस गर्नुभएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बुधबारबाट शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकको बारेमा पत्रकारहरुलाई जानकारी गराउँदै प्रवक्ता शर्माले २०७८ भदौ ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेसन काठमाडौंमा गर्ने प्रस्ताव पेस भएको बताए ।

यस्तै गाउँनगरको वडा अधिवेसन असार २० गते, गाउँ नगरपालिकाको अधिवेसन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेसन असार २५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेसन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेसन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको छ ।

पाँच वर्षमा महाधिवेसन गर्न नसकेपछि कांग्रेसले संविधानमा व्यवस्था भए अनुसार ६ महिना म्याद थप गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । बैठक बिहीबार दिउसो तीन बजे पनि बस्ने छ ।

Categorized in राजनीति