STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतको नाटु नाटु र द एलिफ्यान्ट व्हिस्परर्स ओस्कारमा मनोनित

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १८, बुधबार

एजेन्सी – ९५ औँ संस्करणको एकेडेमी अवार्ड (ओस्कर)मा भारत तीन ओटा मनोनयनमा पर्न सफल भएको छ । एसएस राजामौलीको ब्लकबस्टर फिल्म आरआरआर बाट नातु नातु गीत, डकुमेन्ट्री फिचर विधामा ‘अल दैट ब्रेथ्स’ र छोटो वृत्तचित्र विधामा ‘द एलिफ्यान्ट व्हिस्परर्स’ मनोनयनमा परेको छ । त्यसो त तेलुगु हिट डान्स ट्राक नातु नातुले गोल्डेन ग्लोब जिति सकेको छ । यो सँगै यो गीत गोल्डेन ग्लोब जित्ने पहिलो भारतीय गीत पनि हो ।

ओस्कारमा फिल्म विधामा भारतको आधिकारिक प्रतिनिधित्व गरेको गुजराती फिल्म छेल्लो शो (द लास्ट शो) भने अन्तिम पाँचमा पर्न असफल भयो।

मार्च १२ मा लस एन्जलसको डल्बी थिएटरमा ओस्कार प्रस्तुत गरिने छ। यसअघि २०१७ र २०१८ मा अवार्ड शोको नेतृत्व गरिसकेपछि जिमी किमेल यस पटकको ओस्कारमा होस्टको रूपमा फर्किएका छन्। कोभिड१९ को कारणले २०२० र २०२१ मा अवार्ड होस्ट बिहिन सञ्चालन गरिएको थियो ।

Categorized in सिनेमा