भारतमा कोरोनाभाइरसले दुईको मृत्यु भएको पृुष्टि
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १, शनिबार
काठमाडौं– भारतमा कोरोनाभाइरस संक्रमितको संख्या अहिलेसम्म ८१ जना पुगेको पुष्टि भएको छ । यीमध्ये कर्नाटकमा ७६ वर्षीय र दिल्लीमा ६९ वर्षीय एक महिला गरी दुईजनाको मृत्यु भएको पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको भनाइअनुसार हालसम्म स्वास्थ्यमा आपतकालको स्थिति आएको छैन । केरलामा तीनजनासहित सातजना कोरोनाभाइरस संक्रमितलाई निको पारेको भारतीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालको भनाइ उद्धृत गरी भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।
यसैगरी, भारतको नोएडा राज्यमा एकजनामा कोरोनोभाइरसको संक्रमण पुष्टि भएको छ । ऊसँगै काम गर्ने ७०७ जनामाथि निगरानी थालिएको छ ।
कोरोनाभाइरस संक्रमणको कारण भारतले उत्तरप्रदेशका सबै विद्यालय २२ मार्चसम्मको लागि बन्द गरेको छ । यसैगरी, आईपिएल क्रिकेट प्रतियोगिता दुई हप्ताको लागि सारिएको छ भने दिल्लीमा कुनै पनि प्रतियोगिता नगर्न सरकारले आदेश दिएको छ । भारत सरकारले उत्तराखण्डमा पनि ३१ मार्चसम्मको लागि सबै विद्यालय बन्दको घोषणा गरेको छ भने कर्नाटकमा व्यापारिक मल र फिल्महहरुसमेत बन्द भएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय