STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतमा पनि २१ दिने ‘लकडाउन’

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ११, मंगलबार

काठमाडौं– भारतमा आज रातिको १२ बजेबाट लागु हुने गरी २१ दिनसम्म ‘लकडाउन’ गर्ने घोषणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । मोदीले देशबासीको नाममा सम्बोधन गर्दै भारतभरि २१ दिनको लागि लकडाउनको घोषणा गरेका हुन् । लकडाउनको समय लामो भए पनि कोरोना भाइरसविरुद्ध लड्ने योभन्दा राम्रो विकल्प नभएको पनि मोदीले जनाएका छन् । मोदीले देश र जनतालाई बचाउन यस्तो कदम चाल्नुपरेको बताउँदै सरकारको यस कदममा सहयोग गर्न सबैमा आग्रह गरेका छन् । यस ‘लकडाउन’लाई कफ्र्युको रुपमा लिन पनि मोदीले विशेष अनुरोध गरेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय