भारतमा मृत्यु हुने १५६८ पुगे, पछिल्लो २४ घण्टामा १९५ को मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २३, मंगलबार
काठमाडौं – भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार पाँच सय ६८ पुगेको हो । पछिल्लो २४ घण्टामा एक सय ९५ जनाको मृत्यु भएको छ ।
त्यस्तै संक्रमितको संख्या पनि पछिल्लो २४ घण्टामा तीन हजार नौ सयले बढेको छ । यससँगै समग्र संक्रमितको संख्या ४६ हजार चार सय ३३ पुगेको छ ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म १४ हजार पाँच सय ४१ जना संक्रमित भेटिएका छन् । त्यहाँमात्र पाँच सय ८३ को मृत्यु भइसकेको छ । गुजरातमा पाँच हजार आठ सयभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने तीन सय १९ जनाको मृत्यु भइसकेको छ ।
अहिलेसम्म भारतमा १२ हजार सात सय २७ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय