STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतीयको जबर्जस्तीपछि सीमामा हवाइ फायर

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १८, आइतबार

काठमाडौं – भारतीय नागरिकको समूह जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाइ फायर गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो । सो समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाइ फायर गर्नुपरेको प्रहरीले जनाएको छ । हवाइ फायर गरेपछि भारतीय समूह तितरबितर भएको र स्थिति सामान्य बनेको सशस्त्र प्रहरीले जनाएको छ ।
Categorized in राष्ट्रिय