STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतीय नाकाबाट दुई घन्टामा ४८ सय नेपाली भित्रिए

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १३, मंगलबार

काठमाडौं – दुई घन्टामा ४८ सय नेपाली भारतीय नाकाबाट भित्रिएका छन् । कैलालीसँग सीमाना जोडिएको गौरीफन्टा नाकालाई बिहान १० बजेदेखि दुई घण्टाका लागि खोलिएको थियो । त्यो समय यति धेरै मानिस नेपाल प्रवेश गरेका हुन् । यो संख्या लकडाउन पछिको सबैभन्दा बढी हो । भारतबाट आउनेको संख्या बढेपछि दिउँसोको १ः३० बजेसम्म पनि आउन दिइएको थियो । कोरोना महामारीको कारण भारतमा लकडाउन लम्बिँदै गएपछि त्यहाँ रहेका नेपालीहरु स्वदेश फर्किन थालेका छन् । कञ्चनपुरको गड्डाचौकीसहित पूर्वी नेपालका सीमा नाका खुला रहे पनि गौरीफन्टा सीमानाकाबाट फर्किनेको संख्या बढेको छ । अरु नाकाहरु खुल्ने वा नखुल्ने भन्ने आशंका भए पनि नेपालका अरु प्रदेशका नागरिक पनि गौरीफन्टा नाका भएर आइरहेका हुन् ।
Categorized in राष्ट्रिय