STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारत उत्तराखण्डको हिमताल फुट्दा १५० जना मारिएकाे आशंका

Janjati Khabar – एजेन्सी | २०७७ माघ २५, आइतबार

भारतको उत्तराखण्डमा हिमताल फुट्दा १ सय ५० जनाको मृत्यु भएको आशंका गरिएको छ । हिमताल फुटेपछि गएको बाढीले बाँध फुट्दा ऋषिगंगा जनविद्युत आयोजनाको ड्याममा कार्यरत एक सय १५० भन्दा बढी ब्यक्ति बेपत्ता भएको जनाइएको छ ।

उत्तराखण्डका उच्च अधिकारीहरुका अनुसार १ सय देखि १ सय ५० जना वेपत्ता भइरहेकाले उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । पछिल्लो समाचार अनुसार घटनास्थलमा तीनजनाको शव भेटिएको छ ।

वेपत्ता हुनेमा अधिकांश सडक, रेल तथा सुरुङमा कार्यरत मजदुरहरु रहेको बताइएको छ । तपोबन बाँध क्षेत्रमा मात्रै कार्यरत १६ जना कामदारहरु सुरुङभित्रै थुनिएर रहेकाले उनीहरुको उद्वार कार्य जारी रहेको छ ।

ताल फुट्नुका साथै चमोली जिल्लामा रहेका अलखण्ड र धौलीगंगा नदीमा भीषण बाढी आउँदा जनजीवन अस्तव्यस्त बनाएको छ । क्षति व्यवस्थापन तथा उद्वारका लागि ठूलो संख्यामा सुरक्षाकर्मीहरु खटाइएको भारतीय मिडियाले जनाएका छन् । तीन वटा हेलिकप्टर घटनास्थलमा उद्वारका लागि पठाइएको बताइएको छ ।

चुनावी अभियानका लागि आसाममा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको पक्षमा सिंगो देश उभिएको र हरेक नागरिकको सुरक्षाको लागि राष्ट्रले प्रार्थना गरेको जनाएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय