STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारी मतले काठमाडौं ४ मा गगन थापाकाे विजयी

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ६, मंगलबार

काठमाडौं - काठमाडौँ क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शानदार मतले विजय हासिल गरेका छन् । उनले फराकिलो मताअन्तरले नेकपा एमालेका राजन भट्टराईलाई पछि पार्दै जित हासिल गरेका हुन् ।

गगन थापाले २१ हजार ३०१ मत लिएर जितेका छन् । उनका प्रतिपस्र्धी राजन भट्टराई भने ७ हजार ४४६ मतान्तरले पछि परे ।

थापाको यो क्षेत्रमा सदावहार तेस्रो जित पनि हो । यसअघिको आम निर्वाचन २०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए भने २०७० को संविधानसभा निर्वाचनमा पनि गगनले एमालेका निर्मल कुँइकेलसँग जित हात पारेका थिए । उनी पहिलोपटक २०६४ को संविधासभा निर्वाचनमा समानुपातिकबाट साभासद बनेका थिए ।

Categorized in राजनीति