STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भाषाको संरक्षण र विकासकोलागि भाषिक पत्रकारिताको ठूलो भुमिका हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ बैशाख ४, शनिबार

नाईस टेलिभिजनमा प्रसारण भइरहेको नेपालभाषाको कार्यक्रम ‘झीगु सः’को ५० औं भाग पुरा भएको उपलक्ष्यमा शुक्रबार एउटा कार्यक्रम आयोजना गरीएको छ । उक्त अवसरमा  आयोजित कार्यक्रममा प्रमुख अतिथी का रुपमा आफ्नो मन्तव्य राख्दै वरिष्ठ सिनेकर्मी नीर शाहले हामीले विरासतमा पाएका पुरातत्व संरचनाहरु  भत्काएर कोही कोही नयाँ संसार बनाउन लागेका बताएका छन ।

प्रमुख अतिथी शाहले शुक्रबार नाईस टेलिभिजनमा  नेवाः कार्यक्रम ‘झीगु सः’को ५० औं भाग पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

उनले   विरासतका रुपमा प्राप्त गरेका हाम्रो परातात्विक महत्वका चिजहरुलाई भत्काएर त्यसलाई अस्तित्वविहिन बनाउन चाहन्छ, अथवा ब्राम्हणको अस्तित्वको विरुद्धमा उसले एउटा नयाँ संसारका खडा गर्ने सपनाका साथ अघि बढिरहेको छ त्यसको ठयाक्कै विपरित ध्रुवमा एउटा यस्तो संगठित संस्कार पनि साईमुलटेनिसली सँग सँगै हुर्किएर गईरहेको जसले आफ्नो त्यो संस्कारलाई बचाउनका लागि, त्यो अस्तित्वलाई यथावत राख्न जीवनमा सकेजति प्रयत्न गरेर आफ्नो अभियानलाई बढाईरहेको छ । म यो दोस्रो अभियानको पक्षधर हु भनेर भनेका छन् ।

चलचित्रकर्मि   शाहले हाम्रो अस्तित्वको रक्षा गर्नको हामी सबै सचेत हुनु पर्ने सिद्धान्तको पक्षमा आफू रहेको बताए । सो अवसरमा उनले आफ्नो भाषा, संस्कृति, सम्पदाका महत्व बोकेको नेवाः समुदायले आफ्नो शैलीलाई जोगाउन सक्नुपर्नेमा जोड दिए ।

सो अवसरमा २०७८ बैशाख १ गते देखि नयाँ वर्षको अवसर पारेर रेडियो नेशन १०३.९ मा नेपालभाषामा झीगु सः रेडियो का साथसाथै     झीगु सः अनलाईन पनि शुरुवात भएको घोषणा गरिएको थियो भने नाइस टेलिभिजनमा  झीगु सः ५० भागसम्म पुऱ्याउन सघाउने विभिन्न व्यक्तित्वहरुलाई सम्मानसहित मायाको चिनो प्रदान गरिएको थियो ।

झीगु सः रेडियो कार्यक्रमका संयोजक राजुराज बज्राचार्यको सभापतित्वमा संचालित सो कार्यक्रममा  नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधान, वरिष्ठ छायाँकार गौरी संकर धुजु, नेवाः राष्ट्रिय पत्रकार दबुका अध्यक्ष सुरजवीर बज्राचार्य लगायतले  मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई झीगु सः टिभि कार्यक्रमका  राजीवराज राजोपाध्यायले स्वागत मन्तव्य राखेका थिए भने झीगु सः अनलाईनका विराकाजी राजोपाध्यायले आजको युगमा अनलाइन पत्रकारिताको महत्वबारे प्रकाश पारेका थिए ।    

यस्तै गरी वरिष्ठ सिने पत्रकार एवं झीगु सः पुचः का संरक्षक विजयरत्न तुलाधर असंबरेले नेपालभाषाको संरक्षण र विकासकोलागि भाषिक पत्रकारिताको ठूलो भुमिका हुने कुरामा जोड दिएका थिए ।

Categorized in साहित्य-कला