STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भूकम्पपीडितलाई घर बनाउन लालपुर्जा

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार

०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण क्षति पु¥याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारलाई एकीकृत बस्ती निर्माण गर्नका लागि बिहीबार  लालपुर्जा हस्तान्तरण गरिएको छ ।
 
भूकम्पले क्षति पु¥याएर चिरा पारेको उक्त बस्तीमा २०७५ साल असार १२ गतेको भीषण वर्षाले बस्ती नै  भासिएपछि जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले चौथो भूकम्प स्मृति दिवसका अवसरमा पीडित दश परिवारलाई एकमुष्ट लालपुर्जा हस्तान्तरण गरेको हो ।  
 
भूकम्पमा चिरा परेको स्थान छोडेर अन्यत्रै स्थानीयवासीको घरमा आश्रय लिएर बसेका दश दलित परिवारलाई घर निर्माणका लागि लालपुर्जा उपलब्ध गराइएको आयोजना प्रमुख इञ्जिनीयर रामाशीष साहले बताउनुभयो । 
 
“भूर्गभ विभागको अध्ययनपछि बस्ती स्थानान्तरण गर नजीकै रहेको सुरक्षित जमीनमा एकीकृत घर निर्माणका लागि जग्गा खरीद गरी लालपुर्जा हस्तानतरण गरिएको छ”, शाहले भन्नुभयो, “डिपिआर विस्तृत अध्ययन प्रतिवेदन बनाइसकेपछि बस्ती निर्माणको कार्य अगाडि बढ्नेछ ।” 
 
“भूकम्प गएको ४ वर्षसम्म अरूकै घरमा आश्रित छौँ”, पीडित चिन्ते दमैले भन्नुभयो, “लालपुर्जा हातमा आउँदा घर बन्ने आशा पलाएको छ ।” जग्गा खरीद गर्न प्रतिपरिवार रु दुई लाख, पूर्वाधार निर्माणका लागि रु चार लाख तथा नमूना बस्ती निर्माणका लागि तीन लाख गरी प्रतिपरिवार रु नौ लाख खर्च लाग्ने शाहले बताउनुभयो । 
बस्तीमुनि तथा माथिबाट लोकमार्ग निर्माण भएको र भूकम्पले जमीन चर्काएको स्थानमा बाढी पसेर बस्ती जोखिममा परेको भूर्गभ विभागको निष्कर्षपछि बस्ती निर्माणको कार्यअगाडि बढेको वडाध्यक्ष शिव कँडेलले बताउनुभयो । घर निर्माण गर्ने लालपुर्जा पाउँदा पीडित खुशी देखिन्थे । लालपुर्जा वितरण सङ्घीय सांसद डा सूर्य पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 
Categorized in राष्ट्रिय