STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भूपाल प्रज्ञापरिषद् द्वारा नइको कृति सौजन्यता ग्रहण

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ चैत्र ९, बिहिबार

भूपालमानसिंह कार्की प्रज्ञापरिषदले नइ प्रकाशनको रजत महोत्सव सुसम्पन्न भएपछि प्रकाशित दुई ग्रन्थ "नइ कीर्ति लय' कवितासङ्ग्रह र "नइ प्रकाशन : कीर्ति र आकृति' निबन्ध सङ्ग्रहको प्रकाशन सौजन्यता ग्रहण गरेको छ ।

८०८ पृष्ठको 'नइ प्रकाशन : कीर्ति र आकृति' निबन्ध सङ्ग्रह  र १५२ पृष्ठको 'नइ कीर्ति लय' कवितासङ्ग्रहमा देशदेशान्तरका २०० जना स्रष्टाको सहभागिता रहेको छ । साहित्यकार भगवती बस्नेतको सम्पादनमा यी दुवै कृति प्रकाशित भएका हुन् । 

भूपालमानसिंह कार्की प्रज्ञापरिषदका अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा बिहिवार बसेको बैठकले ग्रन्थ "नइ कीर्ति लय' कवितासङ्ग्रह र "नइ प्रकाशन : कीर्ति र आकृति' निबन्ध सङ्ग्रहको प्रकाशन सौजन्यता ग्रहण गर्ने निर्णय गरेको हो ।

नइ प्रकाशनको स्थापनाका अवसरमा जनरल भूपालमानसिंह कार्कीले १० लाख रूपियाँ प्रदान गर्नुभएको थियो । हाल नइ प्रकाशनको अक्षय कोषमा २ करोड ५० लाख रूपियाँ रहेको छ । 

नइ प्रकाशनका ३० वटा पुरस्कारमध्ये जनरल भूपालमानसिंह कार्की र उहाँकी पत्नी दुर्गाकुमारी कार्कीका स्मृतिमा हरेक वर्ष एक लाख रूपियाँ राशि सहित 'नइ भूपाल दुर्गा पुरस्कार' समेत प्रदान हुँदै आएको कुरा  भूपाल प्रज्ञापरिषद् सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी गराएका छन् ।

Categorized in साहित्य-कला