STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मङ्गलादेवी सिंहको २३औँ स्मृति दिवस मनाइयो

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १०, मंगलबार

नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व मङ्गलादेवी सिंहको २३औँ स्मृति दिवस मनाइएको छ । नेपाल महिला सङ्घ काठमाडौँ जिल्लाको आयोजनामा आज बिहान स्व सिंहको सालिक रहेको ठाउँ शोभाभगवतीमा एक कार्यक्रमको आयोजना गरी माल्यापर्ण गरिएको हो । कार्यक्रममा काङ्ग्रेस नेता प्रकाशमान सिंहले नेपाली महिलाको हकअधिकारका लागि आवाज उठाउने महिला मङ्गलादेवी भएको बताउनुभयो । “नेपालमा एकतन्त्रीय राणाशासन फाल्ने कुरामा होस् या प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा होस् सिंहको महत्वपूर्ण योगदान रहेको छ”, उहाँले भन्नुभयो, “विसं २०७२ मा जारी भएको संविधानले महिलालाई जुन किसिमको अधिकार दिएको छ, त्यो महिलाको आन्दोलनका कारण भएको हो ।” काङ्ग्रेस काठमाडौँका सभापति सबुज ९कृष्ण० बानियाँले महिलाको हकअधिकारका लागि मात्र नभएर गणेशमान सिंहलाई सर्वोच्च नेता बनाउन मङ्गलादेवी सिंहको ठूलो योगदान रहेको बताउनुभयो । कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, प्रदेशसभा सदस्य जीवन डङ्गोल, नेपाल महिला सङ्घ काठमाडौँका अध्यक्ष विष्णुदेवी पुडासैनीलगायतको सहभागिता थियो । महिलाको अधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते स्व मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला सङ्घको स्थापना गरिएको थियो ।
Categorized in राष्ट्रिय