STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मध्यपुर युथ असोशिएसनलाई लिनिङ्गको साथ मध्यपुर थिमी,

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ६, मंगलबार

शहिद स्मारक बि डिभिजन लिग २०७६ फुटबलमा जित्न लागिपरेका मध्यपुर युथ एसोसिएशनको समुहलाई लि(निङ्गले साथ दिने भएको छ । लि(निङ्ग नेपालले प्रायोजन गर्ने उक्त खेलाडी समुहकालागि करीब ५ लाख बराबरको लि(निङ्ग कम्पनी बाट उत्पादिआवश्यक सहयोग सामग्री मध्यपुर युथ एसोसिएशनका अध्यक्ष उपेन्द्र मान सिहलाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । सामान हस्तांतरण गर्दै लि(निङ्ग नेपालका अध्यक्ष राजन महर्जनले भने, ूयस क्लबको प्रगति साच्चिकै प्रशसनीय छ । ुबिु डिभिजन जित्नुका साथै आगामी दिनमा ूएू डिभिजनमा सफलताकालागी अग्रीम शुभकामना छ१ू मध्यपुर युथ एसोसिएशनलाई १५ बर्ष देखि नजिकबाट नियाल्दै आएका महर्जनले ब्यवसायिक प्रयोजन भन्दा पनि नेपाली फुटबल क्षेत्रमा मिहिनेती खेलाडीहरुको बिकासमा केही योगदान रहोस भन्ने चाहेकोमा जोड दिए। अन्तर्राष्ट्रियस्तरको ब्राण्ड लि(निङ्गबाट खेलकुदकालागि आवश्यक सहयोग प्राप्त भएकोमा एसोशिएसनका तर्फबाट धन्यबाद दिंदै अध्यक्ष उपेन्द्र मान सिंहले खिलाडीहरु उत्साहित भएको बताए । ूगुणस्तरिय स्पोर्ट्स गियरहरुको सहयोगले हाम्रा खेलाडीहरुमा उच्च मनोबलसँगै उत्कृष्ट प्रदर्शनकालागी थप उर्जा प्रवाह भएको छ।ू शहिद स्मारक ुबिु डिभिजन लिग आउँदो फाल्गुन ११ गते बाट शुरू हुदैंछ ।
Categorized in खेलकुद