STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मध्यरात प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि

Janjati Khabar – जनजातिखबर | २०७८ जेठ ८, शनिबार

संविधानको धारा ७६ को ५ अनुसार नयाँ सरकार गठन हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेका छन् ।

मध्यरातमा मन्त्रिपरिषद् बैठक राखेर उनले कात्तिक २६  मंसिर ३ गते निर्वाचनको मिति तोकेका हुन् ।

शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले अब मुलुक मध्यावधि निर्वाचनतर्फ लागेको बताएका छन् । मन्त्रिपरिषद् बैठकपछि उनले भने, संसदको विघटनको सिफारिस गरिएको छ । अब मुलुक मध्यावधि चुनावतर्फ हिड्यो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १ सय ५३ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका ओली र १ सय ४९ सांसदको हस्ताक्षर पेश गरेर प्रधानमन्त्रीमा दाबी दिएका देउवा दुवैलाई अस्वीकृत गरेकी थिइन् । त्यसलगत्तै बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटन गर्दै मध्यावधि निर्वाचनमा जाने निर्णय गरेको हो ।

Categorized in राजनीति