STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मन्त्री यादवद्वारा नेपालमा लगानी गर्न आग्रह

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ६, शुक्रबार

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विभिन्न देशका मन्त्रीहरुसँग नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । मन्त्री यादवले बहराइनका उद्योग तथा पर्यटनमन्त्री जायद आर अलजायनी, मौरिटसका व्यापार, उद्यम तथा सहयोगमन्त्री सोमिलदूथ भोलाह र श्रीलङ्काका विकास योजना तथा अन्तर्राष्ट्रिय व्यापार सहायकमन्त्री नलिन बनडारासँग भएको द्विपक्षीय भेटका क्रममा लगानी गर्न आग्रह गर्नुभएको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ । उद्योग सचिव यामकुमारी खतिवडा, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससहितको टोलीले सोमबार गरेको भेटका क्रममा नेपालले लगानी प्रवद्र्धन गर्न गरेको नीतिगत एंव संस्थागत व्यवस्थाका बारेसमेत छलफल भएको राजदूतावासद्वारा मङ्गलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । भेटमा तीनै टोलीका मन्त्रीले सहकार्यमा जोड दिनुभएको थियो ।
Categorized in राष्ट्रिय