STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मल्ल के सुन्दरको "नेपाल संवतया भिंतुना आन्दोलन" पुस्तक नेपाली भाषामा प्रकाशन हुने

Janjati Khabar – Janjati Khabar | २०८१ कार्तिक ८, बिहिबार

नेवार अगुवा मल्ल के सुन्दरले लेख्नुभएको "नेपाल संवतया भिंतुना आन्दोलन (म्हिगः थौं व कन्हय्)" नेपाली भाषामा पनि प्रकाशन हुने भएको छ । 

पहिलो प्रकाशनका रूपमा नेपालभाषाबाट प्रकाशित यो पुस्तक सम्पूर्ण नेपालीले नेपाल संवतका विषयमा बुझाउनका लागि  खस नेपाली भाषामा पनि पुस्तक प्रकाशन गर्न लागिएको हो । 

न्हूदँ समारोह समिति ११४५ सचिवालयले दिएको जानकारी अनुसार नयाँ वर्ष ११४५ भन्दा अगावै यो पुस्तक प्रकाशनको तयारी गरिएको छ । 

लेखक मल्लले लेख्नुभएको यो पुस्तक नेपालभाषाबाट काठमाडौंको ग्वंगःबुँमा गत कछलागा तृतीयाका दिन भएको  नेपाल संवत राष्ट्रिय कार्यशाला गोष्ठीमा विमोचन गरिएको थियोे । 

न्हूदँ समारोह समिति ११४४ को प्रकाशनका रूपमा प्रकाशित पुस्तक भित्र नेपाल संवत आन्दोलनको सम्पूर्ण पक्ष अभिलेखीकरण गरिएको छ भने  नेपाल संवत आन्दोलनको एक दस्तावेजका रूपमा न्हूदँ समारोह समितिले लिएको छ ।

पुस्तकमा विभिन्न संवत् र विकास, राज्य बहिष्करण, दमन अनि प्रतिरोध, आजसम्मको उपलब्धी र भविष्यको बाटोलाई लिएर लेखिएको छ ।

Categorized in साहित्य-कला