STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महानगरका अस्पतालले आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्नुपर्ने

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २३, बुधबार

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित अस्पतालहरूलाई आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न आग्रह गरेको छ । 

महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिलाई फार्मेसी सञ्चालन गर्न दिँदा उपभोक्ता गुणस्तरीय सेवाबाट वञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि तथा औषधिजन्य सामग्री बिक्री भइरहेको जनगुनासो आएपछि महानगरले अस्पतालहरूलाई आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न भनेको हो । 

साथै, महानगरवासीको स्वास्थ्य सेवा सरल र सुलभ रुपमा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सबै अस्पतालले १५ दिनभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्नुपर्ने महानगरपालिकाले जनाएको छ । 

नेपाल सरकारबाट जारी अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिक–२०७२, अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड र सर्वोच्च अदालबाट उत्प्रेषणयुक्त परमादेश मुद्दामा भएको आदेशसमेतका आधारमा अस्पतालहरूले आफ्नो स्वमित्वमा फार्मेसी सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था पनि सरोकारवालालाई महानगरले स्मरण गराएको छ । 

Categorized in स्वास्थ्य-मौसम