STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महानगरपालिकाले शहरको बाटोमा फोहोर नफाल्न गरे अनुराे

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ भाद्र १४, सोमबार

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने बताउनु भएको छ । बञ्चरे डाँडामा निर्माणधिन स्यानिटरी ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो । 

मेयर शाक्यले केही दिनदेखि वर्षाका कारण सिसडोल ल्याण्डफिल साइटसम्म जाने बाटो विग्रिएका कारण नियमित रुपमा फोहोर व्यवस्थापनमा केही कठिनाइ भैरहेको पनि जानकारी दिनुभयो । वर्षाका कारण बिग्रिएको सिसडोलसम्म जाने बाटो बनाउन केही समय लाग्ने भएकाले तत्काल केही दिनका लागि घर वा कार्यालयमा उत्पादन भएको फोहोर जथाभावी सडकमा नफाल्न र कुहिने र नकुहिने फोहोर छुट्याएर सकेसम्म सहरलाई दुर्घन्ध कम गर्ने प्रयासमा लाग्न सम्पूर्ण महानगवासीलाई अनुरोध गर्दै अहिलेसम्म  लामो समय फोहोर नथुप्रिने गरी व्यवस्थापन गर्दै आएको र अहिले पनि फोहोर व्यवस्थापनका लागि सक्दो प्रयास गरिरहेको र बाटो मर्मत गरेर फोहोर व्यवस्थापन गर्ने प्रयास निरन्तर जारी राखेको कुरा मेयर शाक्यले बताउनु भयाे ।

 मेयर शाक्यले फोहोर व्यवस्थापनका लागि सरकारसँग समन्वय भैरहेको पनि  जानकारी दिनुभयो । 

अहिले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइट सहरी विकास मन्त्रालयले बनाइरहेको स्मरण गराउँदै उहाँले फोहोर व्यवस्थापनको जिम्मेवारी संघीय, प्रदेश र स्थानीय सरकार सबैको भएको बताउनुभयो ।  

 पूर्व सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरका पालामा समेत बञ्चरे डाँडा ल्याण्डफिल्ड साइट निर्माणका लागि उहाँले धेरै प्रयास गरेको भए पनि विभिन्न कारणले सम्पन्न हुन नसकेको स्मरण गराउनुभयो ।  

सञ्चारकर्मीको टोलीसँगै सिसडोल पुग्नु भएका काठमाडौँ महानगर वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले पनि गत वर्ष नै बञ्चरे डाँडामा निर्माणधिन स्यानिटरी ल्याण्डफिल्ड साइटको निर्माण जति सक्दो छिटो सम्पन्न नहुने हो भने सिसडोलमा फहोर व्यवस्थापन गर्न कठिन हुने जानकारी मन्त्रालयलाई गराएको स्मरण गराउनुभयो । 

सिसडोल ल्याण्डफिल्ड साइटका साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठ २०६२ भदौ २२ गतेदेखि केही वर्षका लागि बनाइएको अस्थायी ल्यान्डफिल साइटमा अहिलेसम्म फाहोर व्यवस्थापन गर्दा कठिनाइ भएको बताउनुभयो । 

बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ बैशाख २२ गते एक बर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी—कोशी एण्ड न्यौपाने जेभि (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । यो काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागले पु¥याइएको फोहोरको परिणामका आधारमा निकालेको तथ्याङ्क हो । यसबाहेक संकलन हुन नसकेको फोहोर र श्रोतमा घटाएको फोहोरको मात्रा पनि छ । यसको तथ्याङ्क यकिन छैन । १ हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५ सय १६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगर क्षेत्रबाट १ सय ३० मेट्रिक टन फोहोर संकलन गरेर ल्याण्डफिल्ड साइटमा पु¥याउने गरिएको छ । उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्याण्डफिल साइटमा पुर्याउने गरिएको छ ।

Categorized in उपत्यका