STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मह जोडिलाई चैत्यदेवी पुरस्कार प्रदान

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २८, बुधबार

विजयरत्न असंबरे
'भुवन चैत्य बसुन्धरा’ फाउन्डेसनले प्रत्येक वर्ष प्रदान गर्ने गरी स्थापना गरिएको नेपालका तीन अग्रज अभिनेत्रीहरुको नाममा रहेको पुरस्कारहरु मध्ये केहि दिन अगाडि रंगकर्मी तथा चरित्र अभिनेत्री शुकुन्तला शर्मालाई ‘चेतनारायण बसुन्धरा भुषाल पुरस्कार’बाट र रंगकर्मी तथा नृत्य निर्देशक भैरवबहादुर थापालाई ‘हरिश भुवन चन्द पुरस्कार’बाट सम्मान गरिएको थियो भने फाउन्डेसनले यस वर्षको ‘चैत्यदेवी सिंह पुरस्कार’ हास्य सम्राट महजोडीलाई प्रदान गरेको छ । मंगलबार राजधानीमा एक सामान्य कार्यक्रमका बीच महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ५१ हजार राशीको सम्मान गरिएको हो । कुपण्डोल स्थित ब्रिक्स रेस्टुरेन्ट मा मङ्गलबार सम्पन्न सो कार्यक्रम कोरोना महामारीकाे जोखिमका कारण सानो जमघटमै सुरक्षाका उपाय अपनाएर सम्पन्न गरिएको थियो भने कार्यक्रममा फाउन्डेसनका सचिव मोहन निरौला, सदस्य पुष्कर लामा, अन्जु रन्जीतकार, निर्देशक सम्झना उप्रेती रौनियार र केहि पत्रकारको उपस्थिति थियो । फाउन्डेसनकी अध्यक्ष बसुन्धरा भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले रुद्राक्षको माला र भुवन चन्द/हरिश चन्द दोसल्ला ओढाएर महजोडीलाई सम्मान अर्पण गरेका थिए । यस्तै फाउन्डेसनले गत साल स्थापना वर्षको पुरस्कार भने चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषलाई १ लाख ५३ हजार रुपैयाँ प्रदान गरी सम्पन्न गरेको थियो ।
Categorized in सिनेमा