STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

माओवादीको केन्द्रीय कमिटीको आकार बढ्ने

Janjati Khabar – Janjati Khabar | २०७८ पौष ११, आइतबार

११ पुस, काठमाडौं - नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशनबाट केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव गरेका हुन् ।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको आकार केही बढ्ने बताए । ‘बैठकमा प्रस्ताव भएको छ, २९९ सदस्यीय भन्दा केही प्लस हुन्छ ।’

नेकपा माओवादीको अन्तरिम विधानमा केन्द्रीय कमिटी सदस्यको संख्या २९९ सदस्य रहने भनिएको छ । तर आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य केही बढाउने गरी आजको बैठकमा प्रस्ताव पेश भएको उनेका भनाइ छ ।

यस्तै पदाधिकारी पनि १५ सदस्यीय रहने प्रस्ताव गरिएको छ । जसमा जसमा एक अध्यक्ष एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष रहने प्रस्ताव गरेको हो ।

महाधिवेशनको दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन भएको छ । महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । मनोनीत सहित प्रतनिधि १६०० को हाराहारिमा रहेका छन् ।

Categorized in राजनीति