मातृभाषा दिवसको अवसरमा साहित्यिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ११, आइतबार
किन मनाइन्छ अन्तर्राष्ट्रिय मातृभाषा दिवस
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको ईतिहास बंगलादेशको शहिद दिवससँग जोडिएको छ । संसारभरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइरहँदा बंगलादेशमा शहिद दिवस मनाइन्छ ।
सन् १९५७ सालमा बंगाली भाषा बोल्न पाउनुपर्ने माग गर्दै बंगलादेशको राजधानी ढाकामा आन्दोलन भएको थियो । फेब्रुअरी २१ का दिन राज्यले आन्दोलनमा दमन गर्दा ढाकाको विश्वविद्यालयका पाँच विद्यार्थीले शहादत प्राप्त गरेका थिए ।
संसारभरिमा भाषिक आन्दोलनमा व्यक्ति शहिद भएको यो एउटैमात्र घटना मानिन्छ । यसै दिनको स्मरणमा बंगलादेशमा फेब्रुअरी २१ लाई शहिद दिवसको रुपमा मनाइन्छ ।
सन् १९९९ मा संयुक्त राष्ट्र संघले मातृभाषा बोल्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो भन्दै फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रुपमा घोषणा गरेको हो ।
Categorized in राष्ट्रिय


