माधवनारायण पशुपतिमा
Janjati Khabar – जनजाति खबर | २०७६ माघ १०, शुक्रबार
साँखुमा एक महिनासम्म चल्ने माधवनारायण मेलाका क्रममा विभिन्न स्थानमा परदेश यात्रा समेत हुने गर्दछ । यसैक्रममा आज पशुपति आर्यघाटमा माधव नारायणलाई स्नान गराई पशुपतिमा व्रत पूजा गर्ने कार्य सम्पन्न भएको छ ।
हिजो साँखुबाट बज्रयोगिनी पुगेर त्यहाँ पुजा गरी व्रतालुहरु पशुपतिमा बास बस्न आएका थिए ।
आज सानो गौचरणमा व्रतालुहरुले भोजन गरीसकेछि फर्पिङमा पुगेर त्यहाँ बास बस्नेछनु भने त्यहाँ भोलि स्नान पूजा सकेपछि साँखु फर्किने छन् । फर्किनेक्रममा शंखमूलमा व्रतालुहरुले भोजन गर्नेछन् ।
माधव नारायणको परदेश यात्रा यसपछि यही माघ १४ गते साँखुबाट पनौति हुने छ भने माघ १५ गते पुनः साँखु फर्किनेछ ।
यस्तै माघ २२ गते चाँगु जाने र २३ गते फर्किने भएको छ ।
Categorized in राष्ट्रिय


