STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

माधवनारायण मेलामा घस्रदै यात्रा

Janjati Khabar | २०७८ माघ १४, शुक्रबार

एक महिने माधवनारायण व्रत एवं मेलाको क्रममा आज एकादशीका दिन पुरुष बर्तालुले टौमढीको तिल माधवनारायणको मन्दिरदेखि हनुमान घाटस्थित त्रिवेणीसम्म गुल्टिँदै, घस्रिँदै र पल्टिँदै कठिन यात्रा पार गर्दै माधवनारायणको दर्शन गरेका छन् ।
    पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायणको एक महिने मेला पूर्ण गर्न व्रत बसेका ब्रतालुले भक्तपुरका टौमढी, गोल्मढी, दत्तात्रय लगायतका क्षेत्रमा पल्टिँदै, घ्रसिँ्रदै नगर परिक्रममा गरेका हुन् ।
    माधवनारायण मेलामा आजका दिन पुरुषले तौमढीस्थित तिलमाधवनारायण दर्शन गरी सोही स्थानदेखि बाटोमा गुल्टिँंदै, घ्रसिँदै र शङ्ख फुक्दै हनुमानघाटको त्रिवेणीसम्म पुगेर स्नान गर्ने, माधवनारायणको दर्शन गर्ने परम्परा रहँदै आएको छ । साँखुको शालिनदीमा भन्दा पहिलादेखि यो मेला एवं व्रत सुरु भएको शिलालेख एवं ग्रन्थमा पाइएको मन्दिरका पुजारी गोपाल शर्माले जानकारी दिनुभयो । नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको बताउँदै उहाँले यहाँ स्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पुरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने र स्नान गर्ने आउने गरेको उहाँको भनाइ थियो ।
बर्तालुले खाली खुट्टा पैदल नै तिल माधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी ईन्द्रेश्वर महादेवको दर्शन गरेर अष्टमीमा फर्कने, दशमीमा पशुपती गएर स्नान गरेर जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्धादशीमा चाँगुनारायण शंखदहमा स्नानगरेर कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पुर्णिमाका दिन नगर परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर एक महिने व्रत समापन गर्ने परम्परा रहेको बर्तालु विनोदकुमार प्रजापतीले जानकारी दिनुभयो ।

 


Categorized in उपत्यका