STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मान्छे ओसार्ने काममा मेडिकल माफियाको हात हुन सक्ने अनुमान

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ११, आइतबार

विजयरत्न असंबरे
केही समय यतादेखि उपत्यकाका विभिन्न जिल्लाहरुबाट उपत्यका भित्रिने नघट्नुमा राति राति लुकाएर मान्छे भित्र्याउने काममा मेडिकल माफियाहरुको गरिरहेको हुन सक्ने आशंका गरिन थालेको छ । बाहिरी जिल्लाबाट अपरिचित मानिसहरु आए पछि उनीहरुको सम्पर्कमा आउने अरु मानिसहरु आतंकित भई कोरोना परीक्षण गर्नुपर्ने र त्यस्तो अवस्थामा आफ्ना स्वास्थ्य परीक्षण सम्बन्धी औषधी र उपकरणको बिक्री बढ्ने भएकोले उपत्यकामा मान्छे ओसार्ने काममा मेडिकल माफियाहरु सुनियोजित ढंगले नै लागिरहेको अनुमान गरिन थालेको हो । बाहिर जिल्लाबाट मान्छे ओसार्न हाल ती मेडिकल माफियाहरुले आफ्नो सम्पर्कमा भएका एम्बुलेन्स सेवालाई समेत दुरुपयोग गरिरहेको पाइएको छ । अहिले विभिन्न जिल्लाबाट एम्बुलेन्सहरुले बिरामी ल्याएको भन्दै काठमाडौंमा मान्छे ल्याउँदै छोड्दै गर्न थालेको भेटिएका छन् । विज्ञ सूत्रका अनुसार मेडिकल माफियाहरुले पहुँच व सम्पर्कको आधारमा नै यसमा एम्बुलेन्सलाई प्रयोग गर्न सकेका हुन् । कोरोना परीक्षणका लागि सरकारसँग पुग्दो साधन नभएका कारण परीक्षण गराउनु पर्ने मानिसहरु बाध्य भएरै निजी स्वास्थ्य केन्द्रहरुमा जानुपर्ने हुन्छ । यही बेला निजी क्षेत्रमा पीसीआर कोरोना परीक्षण गराउन रु. १५,००० लाग्ने विज्ञापन पनि गर्न थालिएको छ । एकातिर उपत्यकामा बाहिरबाट मान्छे ल्याई आतंक सिर्जना गर्ने र अर्कोतिर कोरोना परीक्षण सम्बन्धी मूल्य सार्वजनिक गरी विज्ञापन गराउने यो कार्य मेडिकल माफियाहरुले सुनियोजित ढंगले नै अघि बढाएको पनि विज्ञ सूत्रको दावी रहेको छ । गएको केही दिन अघिदेखि विरामी र कुरुवा भन्दै एम्बुलेन्सहरुले दैनिक ४०० भन्दा बढी मान्छे उपत्यका ल्याइरहेको भेटिएको छ । एम्बुलेन्सहरुले ती मानिसहरुलाई अस्पताल नभई बाटोमै विभिन्न ठाउँमा छोड्दै जाने गरेकाले यो काम सुनियोजित रुपमा नै गरिरहेको बुझ्न सकिन्छ । बाहिरबाट आएका यी व्यक्तिहरु जहाँ बसे भनी प्रचार हुन्छ त्यस क्षेत्रका स्थानीय मानिसहरु आतंकित भइरहेका छन् । बाहिर जिल्लाबाट मानिसहरु उपत्यका आउने क्रम बढे पछि यसलाई नियन्त्रण गर्न अनुरोध गर्दै केही दिन अघि उपत्यकाका विभिन्न नगरपालिकाका मेयरहरुले गृह मन्त्रीलाई भेटेका थिए । उपत्यका नगरपालिका फोरमको उक्त अनुरोध पछि गृह मन्त्रालयले अब आइन्दा उपत्यका छिर्न नाकामै आरडीटी परीक्षणको रिपोर्ट देखाउनु पर्ने नियम सार्वजनिक ग¥यो । तर नियम सार्वजनिक गरे पनि त्यसलाई उल्लंघन गर्ने कसैलाई पनि कारवाही भने नगरेकोमा नगरपालिका फोरमले दुःख व्यक्त गरेको छ । आरडीटी परीक्षण नगराइकनै उपत्यका आउने र ल्याउने कसैलाई पनि कारवाही नगरेकाले बाहिर जिल्लाबाट उपत्यकामा मान्छे छिराउने काम अझै रोकिएको छैन । हिजो मात्रै वीपी राजमार्ग हुँदै २५०० मानिस उपत्यका छिरेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ । गृह मन्त्रालय आफैले जारी गरेको सूचना नमान्नेलाई कुनै कारवाही नगरेकोले अब त्यसरी काठमाडौं छिर्ने व्यक्ति र छिराउने गाडीहरुलाई स्थानीय जनताले नै कारवाही गर्नुपर्ने अवस्था आउने चेतावनी पनि दिन थालिएको छ ।
Categorized in राष्ट्रिय