STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

माया गरेको मान्छेसित नभेट्दाको पीडा बोकेको भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ मङ्सिर ९, आइतबार

टेक विसीको स्वरमा रहेको गीत ‘तिम्रै दर्शन’ सार्वजनिक भएको छ । टेकलाई अस्मिता जुरेलीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

हरिभक्त बुढाथोकीको शब्द, भीम विसीको सङ्गीत, रिकेश गुरुङको एरेञ्ज र कुमार रानाको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियोमा विक्रम चौहानले निर्देशन एवं कोरियोग्राफी छ । गीतमा आफूले माया गरेको मान्छेको दर्शन नमिल्दा पिर लाग्ने बताइएको छ । गीतका शब्द जति राम्रा छन् भिडियो पनि आकर्षक बनेको बताइएकोछ ।

प्रकाश खड्का र टिमको छायांकन रहेको गीतको सो भिडियोमा अस्मिता जुरेली र सुन्दर घलानको अभिनय रहेको छ । मीन रावलको सम्पादन एवम् कलर ग्रेडिंग गरेको सो गीतको भिडियो गीतकार हरिभक्तको अफिसियल युट्युू्ब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=B1lpB9FeRa0

Categorized in साहित्य-कला