STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मालपोत कार्यालयले खोज्यो राष्ट्रिय परिचयपत्र

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ६, शुक्रबार

मालपोत कार्यालयले जग्गा किनबेच गर्न आउने सेवाग्राहीबाट राष्ट्रिय परिचयपत्र खोजी गर्न थालेको छ ।जग्गा धनीपुर्जाको विवरणसमेत परिचयपत्रमा राख्न सकिने भएकाले सो परिचयपत्र माग्न थालिएको  कार्यालयका प्रमुख बाबुराम पोखरेले बताउनुभयो । पाँचथरबाटै परिचयपत्र वितण शुरु गरिएको हुँदा उक्त कार्यालयले जग्गाको सम्पूर्ण कामकाज अनलाइन प्रणालीबाट गरिरहेकाले पनि परिचयपत्र खोजी गर्न थालिएको उहाँको भनाइ थियो । 
अनलाइन प्रणालीबाट नै काम भइरहेकाले परिचयपत्रको लिङ्क मालपोतको सर्भरमा राख्न थालिएको जानकारी दिँदै कार्यालय प्रमुख पोखरेलले भन्नुभयो, “अहिले नागरिकताको विवरण मात्र राष्ट्रिय परिचयपत्रमा समावेश भएकामा जग्गा धनीपुर्जाको विवरणसमेत उक्त परिचयपत्रमा राख्ने व्यवस्था मिलाइएको छ ।” सोही अनुरुप धनीपुर्जाको विवरण त्यहाँ समावेश गर्न परिचयपत्र माग्न थालिएको हो । उहाँले थप्नुभयो, “परिचयपत्र अनिवार्य गरेका त हैनाँै । उक्त पत्रमा बिस्तारै सम्पूर्ण विवरण राख्न राखिने भएकाले हामीले अहिले नै शुरु गरेका हौँ ।” जग्गाको कारोवार नागरिकताबाटै भइरहे पनि राष्ट्रिय परिचयपत्र बनाएका सेवाग्राहीलाई कार्यालय आउँदा अनिवार्य उक्त परिचयपत्र लिएर आउन सो कार्यालयले स्थानीय पत्रपत्रिका र रेडियोमार्फत जानकारी गराउँदै आएको छ ।
Categorized in राष्ट्रिय