STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मिथिलामा मधुश्रावणीको रौनक उत्कर्षमा

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १२, आइतबार

महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वको रौनक उत्कर्षमा छ । नवविवाहिता मिथिलानी मिथिलाका नारी ले १३ दिनसम्म मनाउने यो पर्व अहिले मध्य अवधि कट्दै गर्दा उत्कर्षमा देखिएको हो । गत सोमबार शुरु भएको यो पर्व अब आउने शनिबार सम्पन्न गरिनेछ । मिथिलाका प्रत्येकजसो बस्ती अहिले मधुश्रावणीको रङ्गमा मस्त देखिन्छन् । साउन कृष्ण पञ्चमीका दिन शुरु भएर साउन शुक्ल तृतीयाका दिन सम्पन्न गरिने यो पर्व व्रतालु र उनका सखीको वस्त्र परिधानको सजधज, सामूहिक प्रणयगान र ‘पूmललोढी’ पूल खोज्ने विधिले सबैको ध्यान खिच्ने बनेको छ । शिव, पार्वती गौरी र ‘विषहरा’ नागदेवता को आराधना गरिने यो पर्वमा भोलिपल्टको पूजाअर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामूहिक रुपमा पूल खोज्न निस्कने विधिलाई ‘पूललोढी’ भन्ने गरिएको छ । पर्वमा भगवान् शङ्कर र देवी गौरीलाई बासी पूल चढाउने चलन छ । “सूर्यास्त हुनुपूर्वको बेलामा प्रणयगान गाउँदै विशेष वस्त्र परिधानमा सजिएका नवयौवना जब पूmल खोज्ने विधिका लागि निस्कन्छन्, स्वाभाविक रुपमा वरपर हुने सबैको ध्यान त्यसतर्फ खिचिन्छ”, महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका साहित्य विषयका उपप्राध्यापक ध्रुव राय भन्नुहुन्छ, “भर्खरै विवाहित जोडिको प्रणय सम्बन्ध प्रगाढ बनाउने उद्देश्यभित्रको ‘पूmललोढी’ विधिमा निस्केका मिथिलानीको त्यही विषय भाव समेटिएका गीतले आफ्ना सबै गुमाएको वा छोडेको फुटपाथेलाई पनि रोमाञ्चित गराउँछ ।” आमरुपमा प्रगाढ प्रणय सम्बन्धको अपिलमा सामाजिक शिष्टता नाघिने शब्द हुनसक्ने अड्कल यहाँ नअटाउने राय बताउनुहुन्छ । “गीतका शब्द र भावले शिष्टता नाघेको भान हुँदैन”, रायले अगाडि भन्नुभयो, “गीत व्रतालुको प्रणय सम्बन्ध प्रगाढ होस् भन्ने भावमा सलल बगेको हुन्छ, जो अत्यन्त कर्णप्रिय लाग्दछ ।” बर्खायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ । वनमा रमाउने मयूर पनि यसै मौसममा प्रणय सम्बन्धमा लिन हुन्छन् । यस्तो बेला नवविवाहिता जोडीबीच रतिरागदेखि भावात्मक रुपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको मिथिला संस्कृतिका जानकार बताउँछन् । त्यसैले यो पर्व नवविवाहिताका लागि खास हुने गरेको छ । पर्वमा नवविवाहिता मिथिलानी यौवनाको सखीहरुबीच भर्खरै शुरु भएको दाम्पत्य जीवनका कौतुहलता, पतिले देखाउने वास्ता र रतिरागसम्मका अनुभव साटासाट हुन्छन् । “बेहुली भएर पति घर गएदेखि मधुश्रावणी मनाउन माइत आएबीचका अन्तरङ्ग अनुभव व्रतालुले सुनाउँदा विवाहयोग्य उमेर पुगेकी सखीको कौतुहलताको मापन के होला रु”, मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार एवम् पूर्वप्रशासक जलेश्वर नगरपालिका बखरी बस्तीका ७५ वर्षीय महेश्वर राय भन्नुहुन्छ, “यो कुराको अनुमानले मात्र पनि जो कसैलाई रोमाञ्चित बनाउँछ ।” पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब साझा भइसकेको छ । पतिघरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेको मिथिलानी बताउँछन् । पर्वमा शिव, पार्वती मधुश्रावणी व्रत विधानमा पार्वतीलाई गौरी नाम दिइएको छ र विषहराको पूजाआराधना गरेपछि व्रतालुलाई ज्येष्ठ महिलाले मधुश्रावणी कथा सुनाउँछन् । यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरि, बिहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीको कथा हुने गरेका अहिले पर्व मनाउन माइत आएकी भङ्गहा नगरपालिका–४ रामनगरकी रञ्जना कर्ण बताउनुहुन्छ । पर्वमा आफ्नो स्खलित भएको विर्य भगवान् शङ्करले पातमा राखेका र त्यही विर्यबाट पाँच नाग कन्याको जन्म भएको कथा प्रचलित छ । कुनै तलाउमा जलक्रिडाका बेला जन्मेका यी छोरी भेट्न शिव जाने गरेका र यो वृतान्त थाहा नपाएकी पार्वतीलाई पतिप्रति शङ्का बढेपछि पिछा गरेकी कथा छ । एक दिन छोरीहरुसँग खेलिरहेका पतिलाई देखेपछि क्रोधित भएकी पार्वतीलाई शिवले सबै कुरा बताएपछि क्रोध शान्त भएको प्रसङ्ग छ । पार्वतीलाई खुशी तुल्याएपछि शिवले साउन महिनामा यी नागिनीको पूजा गर्नेलाई सर्पको भय नहुने वरदान दिएबाट मधुश्रावणी पर्वमा विषहराको पूजा विधान शुरु भएको लौकिक जनविश्वास छ । देवी गौरी दाम्पत्य जीवन सुखद बनाउने र सबै मनोकामना पूरा गर्ने मानिएकीले उनको पूजाअर्चना नवविवाहिताले यसै अभीष्टका लागि शुरु गरेका मिथिला लोकसंस्कृतिका जानकार बताउँछन् । पर्वको मुख्य पक्ष नै नारी जीवनमा पतिप्रतिको स्नेह र सम्बन्ध प्रगाढ बनाउन केन्द्रित रहेकाले यससँग जोडिएर आउने ठट्यौली र हासपरिहासले पर्वको महत्ता उज्यालिएको पाका मिथिलानी बताउँछन् । प्राचीन वैदिक ग्रन्थ शिव पुराणमा कुष्ठरोग भएका आफ्ना पतिलाई ठीक गराउन मधुश्रावणी नाउँकी नवविवाहितालाई शिवले यो व्रत गर्न लगाएका प्रसङ्ग छ । शिवको आज्ञाअनुसार मधुश्रावणीका पति ठीक भएपछि पति कल्याण र आपसी सम्बन्ध प्रगाढताको कामना राखिने यो पर्व परम्परा चलेको विश्वास गरिन्छ । व्रतालुले साउन कृष्ण चौथी चतुर्थी का दिन पवित्र स्नान गरेर चोखोनितो बनेपछि व्रत सङ्कल्प गर्दछन् । व्रत अवधिभरि मन पवित्र बनाएर सात्विक भोजन गर्नुपर्ने व्रत विधान छ । सधैँ दिउँसोपछि सूर्यास्त हुनपूर्व सखीसहेलीका साथ हाँस्दै, खिल्लिदै र प्रणयभावका गीत गाउँदै ‘पूmललोढी’मा निस्कनु र सङ्कलन गरिएका बेलपत्र र विभिन्न जातका पूmल राति बासी राखेर भोलिपल्ट त्यसैले शिव, पार्वती र विषहराको पूजा आराधना गरेर कथा श्रवण गर्नु पर्वअवधिको मुख्य तालिका हो । व्रतालुले सधैँ बिहान पवित्र स्नान गरेर पूजाआराधना गरेर कथा श्रवण गरेपछि सात्विक भोजन गर्ने गर्छन् । पर्वमा अटल सौभाग्यकी देवी मानिने गौरीको पूजाआराधनाका लागि छुट्टै नैवेद्य बनाउने चलन पनि छ । माइतमै बसेर मनाइने भए पनि पर्वमा नवविवाहिताका लागि व्रत अवधिको खाद्यान्न, वस्त्रपरिधान, व्रतालुका शृङ्गार प्रसाधन, पूजा सामग्री र अन्य पर्वविशेषका आवश्यक वस्तु पतिघरबाटै पु¥याइनुपर्ने चलन छ । माइतीघरको आँगन वा अन्य सुरक्षित ठाउँमा बनाइएको खास मण्डप अरिपन मा बसेर त्यहीँ देवता स्थापित गरेर यो पर्व मनाइन्छ । कूलदेवताको स्मरण गरेर शुरु गरिएको पूजाआराधनामा प्रत्येक दिनको पूजापछि माइती घरका ज्येष्ठ सदस्यबाट व्रतालुले आशीर्वाद लिने गर्छन् । पर्व १३ औँ दिन समापन गरिन्छ । समापन भएपछि दिनहुँ पूजा गरिएका बेलपत्र र पूmल सङ्ग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गरिने चलन छ । यसअघि १२ औँ दिन साँझ पूजाअर्चनापछि व्रतालुलाई ‘टेमी’ दिने गरिन्छ । दियोमा बालिने बत्तीको लप्कोले व्रतालुको देब्रे गोडाको घुँडामा डाम्ने विधिलाई ‘टेमी’ भन्ने गरिएको हो । ‘टेमी’ दिइएको ठाउँमा फोका उठे पति पत्नीबीच प्रेमसम्बन्ध अत्यन्त गाढा हुने मानिन्छ । पछिल्लो कालमा भने नयाँ पुस्ताका मिथिलानीले ‘टेमी’ प्रचलनलाई परिष्कृत गरिनु पर्ने आवश्यकता औँल्याएका छन् । पर्वमा व्रतालुलाई बलेको बत्तीको लप्काले डाम्नुको सट्टा शीतल चन्दनको लेप उपयुक्त हुने नयाँ पिँढीका मिथिलानीको भनाइ छ विधिमा केही परिष्कारको कुरा उठेका र समयक्रममा ती स्थापित हुने मैथिल बुद्धिजीवी बताउँछन् । पर्वको अभीष्ट नै प्रेमसम्बन्धको प्रगाढता भएकाले यसले मैथिल संस्कृति पारिवारिक सद्भाव वृद्धिमा सचेत रहेको सन्देश नै प्रवाह भएको कुरामा मैथिल मिथिलाका बासिन्दा एकमत देखिन्छन् ।
Categorized in राष्ट्रिय