STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानलाई

Janjati Khabar – Janjati Khabar | २०८० जेठ १४, आइतबार

काठमाडौं - ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छिन्। 

शनिबार गोदावरीस्थितमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाइदिइन्। प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए।

प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा आफूलाई अब्बल सावित गरिन्। मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुन्। 

प्रतियोगितामा रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधि हात पारेकी छिन् भने प्रसिद्धी शाहले ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि जितिन्। समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो। 

मिस नेपालको आयोजना द हिडन ट्रेजरले बर्सेनि गर्ने गरेको छ। यसवर्ष नयाँ मिस नेपाल घोषणा गरिए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ जोशीले नै सहभागिता जनाउनेछिन्। 

नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वर्ल्डमा पठाइनेछ कम्पनीले जानकारी दिएको छ। 

Categorized in साहित्य-कला