मिस नेवाःका प्रतिस्पर्धीहरुलाई भक्तपुरमा भादगाउँले टोपी उपहार
Janjati Khabar – विजयरत्न असंबरे | २०७७ माघ २१, बुधबार
नेप्लिज फेशन होमको आयोजनामा आगामी फागुन ७ गते सम्पन्न हुन गइरहेको मिस नेवाः ११४१ मा सहभागीहरुका लागि सोमबार भक्तपुर स्थित हाईल्याण्ड रिसोर्टले टेबल म्यानेजमेन्ट कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रममा मिस नेवाःका प्रतिस्पर्धीहरुलाई भादगाउँले टोपी लगाई फुल,माछा र जुजु धौका साथमा नेवार परम्परा अनुसार सगं (सगुन) दिएर रिसोर्टका अध्यक्ष रामसुन्दर बकेले स्वागत गरेका थिए ।
उक्त रिसोर्टमा मिस नेवाःका सहभागीहरुलाई सगुन र टिकाका साथमा भादगाउँले टोपि लगाई दिएर स्वागत गरेकोमा मिस नेवाःका प्रतिस्पर्धीहरुले खुसी व्यक्त गरिन् ।
मिस नेवाःका प्रतिस्पर्धीहरुलाई आफ्नो रिसोर्टमा स्वागत गर्न पाउनु सौभाग्य भएको उक्त रिसोर्टका अध्यक्ष बकेले बताउनु भयो ।
सो कार्यक्रमा नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धर , क्योकुशिन सेइसान काइकान करातेका अध्यक्ष अशोककुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।
Categorized in साहित्य-कला

