STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मेट्रो एफएमको वार्षिकोत्सव सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन २, शुक्रबार

विजयरत्न असंबरे
काठमाडौ महानगरपालिकाले सञ्चालन गरेको सामुदायिक एफइम मेट्रो एफ. एम. ९४ बिन्दु ६ मेगाहर्जको आज बिहिवार २१ औं बार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा संचार सम्बन्धि विविध लेखहरु समेटेर ‘मेट्रो स्मारिका’ सार्वजनिक गरीएको छ भने कोविड १९ का कारण सीमित सहभागीअरुका बीच बार्षिकोत्सव मनाइएको हो । यो स्मारिकाको प्रधान सम्पादक राजेन्द्र स्थापित हुनु हुन्छ भने सम्पादक मण्डल मा सुरेशकिरण मानन्धर , मोहन बास्तोला , नरेन्द्र विलास बज्राचार्य , चन्द्र मणि भट्टराई र बैकुण्ठ भण्डारी रहनु भएको छ । वार्षिकोत्सव कार्यक्रममा बोल्नु हुँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले देशलाई संकट परेको बेला सञ्चारको ठूलो भूमिका हुन्छ र यसले दिने सूचना र जानकारीले सरकारका काममा ठूलो सघाउ पुग्छ भनि भन्नु भयो ।  कार्यक्रममा बोल्नु हुँदै महानगरका प्रवक्ता एवं सूचना प्रबिधि समितिका संयोजक ईश्वरमान डंगोलले महानगरले सञ्चार अभ्यास गरेको समय हिसाब गर्दा थुप्रै बर्ष कटेको देखिन्छ । तर, यसको संस्थागत व्यवस्थापनमा ठोस काम गर्न नसकिएको कुरा स्विकार्नु भयो र अब यसलाई आकार दिइनेछ किनभने सञ्चारको विकल्प छैन र अब यसबाट अधिकतम लाभ लिने बिषयमा योजना हुनेछ भनि संयोजक डंगोल ले बताउनु भयो । सोही कार्यक्रममा बोल्नु हुँदै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जिल्ला प्रशासन कार्यालयबाट जारी हुने सार्वजनिक महत्वका सूचना तथा जानकारी प्रसारण गर्न मेट्रो एफएमसँगको साझेदारी अघि बढाइनेछ भनि भन्नु भयो भने महानगरले सञ्चालन गरेको आमसञ्चार माध्यमबाट प्रकाशन, प्रसारण भएका सामाग्रीबाट कति दर्शक, श्रोता र पाठकले लाभ लिनुभएको छ । यसका बिषयमा अब सर्वेक्षण गर्नुपर्छ । त्यसपछि सुधारको योजना बनाएर अत्याधुनिक प्रविधियुक्त बनाउनुपर्छ भनि महानगरका सहसचिव राजेश्वर ज्ञवालीले आफ्नो भनाइ राख्नु भयो । सूचना प्रबिधि बिभागका प्रमुख नरेन्द्रबिलास बज्राचार्यका अनुसार महानगर अहिले यसको क्षमता विस्तारका क्रममा छ । २०५६ साल असोज १ गते स्थापना भएको एफएमले शहरी गतिविधि तथा मानवीय आचरणसँगै महानगरले अबलम्बन गरेको बार्षिक नीति, रणनीति, योजना तथा कार्यक्रमका आधारमा आफ्ना बिषय छनौट गर्छ । एफएमबाट नेपालभाषा , नेपाली, तामाङ्लगायत बिभिन्न भाषामार्फत समाचार र समाचारमुलक कार्यक्रम, शिक्षामुलक, मनोरञ्जनात्मक तथा जनचेतनामुलक कार्यक्रमहरु प्रसारण गर्दै आएको छ भने जम्मा २० जना पत्रकार/सञ्चारकर्मी रहेको रेडियो बिहान साढे ५ बजे देखि बेलुका १० बजे सम्म दैनिक साढे १६ घण्टा सञ्चालन हुँदै आएको छ ।
Categorized in उपत्यका