मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ८, आइतबार
बाँकेको कोहलपुरमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका–११ चौराहास्थित सडकमा भे८प ९६७८ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका अर्जुन खत्रीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिनुभयो ।
उहाँका अनुसार, मृतक २६ वर्षीय खत्री कोहलपुरका स्थानीयबासिन्दा हुन् । दुर्घटनामा मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका–११ बस्ने १८ वर्षीय निराजन खत्री घाइते हुनुभएका छन् । उनको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
Categorized in अपराध-दुर्घटना


