मोदीमाथिको आक्रमण ‘लोकतन्त्रविरूद्ध’ : कंगना
Janjati Khabar – Janjati Khabar | २०७८ पौष २३, शुक्रबार
२२ पुस, एजेन्सी - बुधबार पन्जाबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गाडीलाई प्रदर्शनकारीले रोकेको विषयमा अभिनेत्री कंगना रनावतको प्रतिक्रिया आएको छ।
अभिनेत्री कंगनाले बिहीबार सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदीलाई अवरोध गरिएको विषयमा ‘लज्जास्पद’ र ‘लोकतन्त्रविरुद्ध आक्रमण’ भनेकी हुन्। साथै उनले पन्जाब आतंकवादी गतिविधिको केन्द्र बन्दै गएको टिप्पणी गरेकी छन्।
कंगना रनावतले लेखेकी छन्, ‘पन्जाबमा जे भयो, त्यो लज्जास्पद छ। माननीय प्रधानमन्त्री प्रजातान्त्रिक रूपमा निर्वाचित नेता, प्रतिनिधि र १४० करोड जनताको आवाज हुनुहुन्छ। उहाँविरुद्धको आक्रमण हरेक भारतीय नगारिकविरुद्धकै आक्रमण हो।
यो हाम्रो लोकतन्त्रविरुद्धको हमला हो। पन्जाब आतंकवादी गतिविधिको केन्द्र बनिरहेको छ। हामीले अहिले नै तिनीहरूलाई रोकेनौं भने देशले ठूलो मूल्य चुकाउनुपर्नेछ।’
Categorized in अन्तर्राष्ट्रिय

