STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मौरीपालनबाट मनग्य आम्दानी 

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३, मंगलबार

दैनिक हेरचाह गर्न नपर्ने र दानपानीको उचित व्यवस्थापन नगरे पनि सजिलै आम्दानी लिन सकिने भएकाले मौरीलापालन व्यवसाय यहाँका कृषकलाई राम्रो अम्दानीको स्रोत बनेको छ । 
बाली नालीमा जस्तो रोगकिरा नलाग्ने भएकाले बैतेश्वर गाउँपालिका–४ का युवा प्रमोद दाहाल  हिजो आज बिहान उठ्ने बित्तिकै आफ्नो  घर नजिकैको मौरीको घार पुग्नुहुन्छ । विसं २०७० देखि  ग्यालेक्सी मौरीपालन फार्म खोलेर व्यावसायिकरुपले मौरी पाल्न थाल्नुभएका उहाँले हिमाली आयोजनाबाट रु आठ लाख ऋण लिनुभएको थियो । प्रमोदले बैतेश्वर गाउँपालिका–४ मा १०० घार, तिखतालमा ४० घार र सिन्धुपाल्चोकको बाह्रबीसे पलाती भन्ने ठाउँमा ३० घार गरी जम्मा १७० घार मौरी पाल्दै आउनुभएको छ ।  
यस व्यवसायबाट हाल चार जनाको परिवारलाई खर्च गरी सोही आम्दानीबाट एउटा पक्की घर निर्माण गर्नाका साथै रु १० लाख बैंकमा जम्मा गर्न सकिएको प्रमोदले बताउनुभयो । 
राम्रोसँग उत्पादन भए वर्षको दुई पटक जेठ र कात्तिक महीनामा मह काट्दा दुई एक लाख ७० हजार लिटरसम्म मह उत्पादन हुने  प्रतिलिटर एक हजार २०० मा स्थानीय बजारमा बिक्री हँुदै आएकाले वार्षिक रु दुई करोड ४० लाखसम्म आम्दानी हुँदै आएको उहाँले बताउनुभयो । 
प्रमोदका अनुसार हिमाल पहाड तराईका विभिन्न जङ्गलमा मौसमी तथा बेमौसमी जातका फूल फुल्ने रुख बिरुवा हुने भएकाले मौरीपालन व्यवसायीका लागि निकै राम्रो हुने हुँदा यसमा ढुक्क भएर लाग्न सबै कृषकलाई अनुरोध गर्नुभयो । आफूले अरु क्षेत्रमा समेत चरणबारे बुझ्दै आएकाले मौरीचरण क्षेत्र छनोट गरी चरणको लागि लैजाने गरेको उहाँले बताउनुभयो । 
Categorized in बिजनेस