STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

म्याद नाघेका खाद्य वस्तु बरामद, रु ५० हजार जरिवाना

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २९, मंगलबार

संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्जको अन्सारी ट्रेडर्सबाट करिब रु २० हजार मूल्य बराबरको म्याद नाघेका खाद्य वस्तु बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार नै ती अखाद्यवस्तु नष्ट गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । टोलीले उक्त ट्रेडर्सबाट बिक्रीका लागि राखिएका म्याद नाघेका चाउचाउ, बिस्कुट, चियापत्ती, चिसो पेयपदार्थलगायतका वस्तु फेला पारेको थियो । पसलबाट उपभोग्य मिति समाप्त भएको वस्तु फेला परेको, कतिपय वस्तुको खरिद बिल नभएको र पसल नवीकरणसमेत नगरेकाले सञ्चालकलाई रु ५० हजार जरिवाना गर्नुका साथै २४ घण्टाभित्र पसल दर्ता गराउन निर्देशन दिइएको उहाँले बताउनुभयो । प्रमुख पौडेल नेतृत्वको संयुक्त बजार अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, उपभोक्त हित संरक्षण मञ्च र वडा प्रहरी कार्यालयका पदाधिकारीको सहभागिता थियो । रनिङ शिल्ड प्रतियोगिता शुरु बाँके खजुराको अमर माविको खेल मैदानमा सोमबारदेखि दोस्रो अन्तर विद्यालयस्तरीय रनिङ शिल्ड खेलकूद प्रतियोगिता शुरु भएको छ । ‘शिक्षा, स्वास्थ्य र खेलकूद खजुराको शान, विविधतामा एकता हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ शुरु भएको प्रतियोगिताको पूर्वखेलकूदमन्त्री दलजित सिर्पालीले उद्घाटन गर्दै खेल क्षेत्रमा अग्रणी भूमिकामा रहेको खजुरालाई आफू पदमा नहुँदा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा प्रदेश सभासदस्य बाबुराम गौतम, आइपी खरेल, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिलगायतले खेलक्षेत्रमा सहयोग गर्ने जानकारी दिनुभयो । माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा खजुरा क्षेत्रका ६५ विद्यालयको सहभागिता रहेको छ ।
Categorized in राष्ट्रिय