STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

म्युजिक भिडियोको कार्यक्रममा नेपालको पहिलो चलचित्र स्कृप्ट पुस्तक विमोचन

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ १३, आइतबार

संसार्स क्रियशन्स नेपालको आयोजना मा हुने  संसार नेशनल स्टार म्यूजिक भिडियो अवार्ड्सको तेश्रो संस्करणमा सहभागी म्यूजिक भिडियोहरुको आधिकारीक भिडियो छनौटको प्रमाण स्वरुप एउटा कार्यक्रमको आयोजना गरी प्रमाण पत्र प्रदान गरिएको छ । ललितपुर महानगरपालिका का मेयर चिरिबाबु महर्जन को प्रमूख आतिथ्यता मा सम्पन्न सो कार्यक्रममा प्रमूख अतिथि महर्जनं ले आयोजक संस्थाका प्रमूख व्यक्तित्व कलानुरागी स्वतन्त्र संसार महर्जन अस्वस्थ भई अस्पताल भर्ना हुनु भएकोमा चिन्ता व्यक्त गर्दै यो अवार्ड समारोह सोचे जस्तै सबै ठूलो र भव्य कार्यक्रम हुने कुरामा विश्वस्त छु भनि भन्नु भयो ।

सोही कार्यक्रममा कलाकार एवं लेखक राजु महर्जन जुजुको नेपालभाषाको विभिन्न ६ वटा फिल्मको स्क्रिप्ट संग्रह 'नेवाः प्याखं मुना' पुस्तकको पनि सार्वजनिक गरिएको छ । यो पुस्तक बारे समीक्षात्मक टिप्पणी राख्ने क्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरे ले संसारका अरु देशमा  यसरी फिल्म स्कृप्ट प्रकाशन गर्ने गरिइपनि नेपालमा भने यस्तो खालको यो नै पहिलो हो भनि भन्नु भयो ।   यस पुस्तकको मूल्य रु पाँच सय राखिएको छ । 

नेपाली संगीत क्षेत्रकै सबैभन्दा ठुलो दावी गरिएको अवार्ड्समा सहभागी म्यूजिक भिडियोको प्रमाण पत्र कीर्तिपुरमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिएको हो । यो अवार्डको तेश्रो संस्करणमा ९५ वटा म्यूजिक भिडियोहरु सहभागी रहेको छ भने जम्मा ३२ विधामा १३५ वटा अवार्ड प्रदान गरिने कुरा अायोजक संस्थाका प्रमूख स्वतन्त्र संसार महर्जन ले लिखित रुपमा पठाउनु भएको सन्देशमा उल्लेख गरिएको छ ।

प्रमाण पत्र प्रदान र पुस्तक विमोचन समारोह मा कीर्तिपुरका मेयर  कृष्णमान डंगोल, गोदावरीका मेयर गजेन्द्र महर्जन लगायत साहित्य तथा चलचित्र विश्लेषक प्रकाश सायमि, वरिष्ठ कलाकर्मि पवन जोशी को विशेष उपस्थिति रहेको थियो । ललितपुर वडा २१ का वडाध्यक्ष रविन्द्र महर्जनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा समाजसेवी तथम गायिका एवं नेवाः प्याखं मुना पुस्तक का प्रकाशक सरिता महर्जनले स्वागत मन्तव्य राख्नु भएको थियो ।

१५ सदस्यीय निर्णायक मण्डलको टोलीको निर्णयको साथमा अन्य कलाप्रेमी दर्शक जनताहरुको अनलाइन भोटिङ्ग र एस.एम.एस भोटिङ्गमार्फत् प्राप्त मतको आधारमा अवार्ड विजेता छनौट गरिने आयोजक संस्थाले जनाएको छ । सो अवार्ड समारोह यथासक्य छिट्टै गर्ने तयारी भइरहेको बताइएको छ ।

Categorized in सिनेमा