STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

म्युजिक भिडियो ‘दाग’को विमोचनमाहरु सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ जेठ १६, बुधबार

नेपाली गीतसंगीतको आकाशमा म्युजिक भिडियोले बेग्लै छाप छोड्दै आइरहेको छ भने हालैमात्र एउटा नयाँ म्युजिक भिडियो " दाग ” सार्वजनिक गरिएको छ । यो भिडियो ‘दाग’को विमोचनमा कार्यक्रममा स्रष्टा सर्जकहरूलाई सम्मान समेत गरिएको छ । 

सोमबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच प्रतिनिधिसभा उपसभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा स्रष्टा सर्जकलाई सम्मान गरिएको हो । कार्यक्रममा ब्राण्ड यु पिक्चर्स तारकेश्वर कला प्रतिष्ठानबाट मोडल/नृत्य निर्देशक प्रदीपकुमार रसाइली, गीतकार टिका भट्टराई नेपाल र फोटोपत्रकार बद्री थापालाई ‘तार्केश्वर कला सम्मान २०८०’ अर्पण गरिएको थियो । सो कार्यक्रममा निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, भिडियो चलचित्र निर्देशक संघका अध्यक्ष बविता श्रेष्ठ ‘मलेकु’ विशेष अतिथि रहनुभएको थियो ।

सो अवसरमा पि आर इन्टरटेन्मेन्टका संरक्षक दिलकुमारी रसाइली, हिटाकर्मी एवं गीतकार गीता अधिकारी, बिशिष्ठ कलाकारहरू रमा थपलिया, उत्तम केसी, भिडियो निर्देशक प्रदीप रसाइली, संगीतकार पुस्कर सुनुवार, मोडल निर्देशक सिवन पोखरेल, कलाकारहरू समिता गिरी, सरोज गिरी, राजकुमार शाह, सुमिना कार्की, डुपचन लामा, श्रृगार शंकर वराल, सम्पादनरकरलरिष्ट अमृत चापागाई लगायतलाई सम्मान गरिएको थियो ।

सो अवसरमा सार्वजनिक गरिएको ‘दाग’ गीतमा पूर्णिमा लामाको स्वर, ज्ञानलाल शास्त्री शब्द एवं संगीत र जीवन बडुको एरेञ्ज रहेको छ ।  गीतको भिडियोलाई प्रदीपकुमार रसाइलीले निर्देशन गर्नुभएको छ । स्वमिक गौतम र गणेश मण्डलको छायांकन रहेको भिडियोमा अमृत चापागाईंको सम्पादन छ ।

भिडियोमा प्रदीपकुमार रसाइली, समिता गिरी, सरोज गिरी (गिरी राजा), रमा थपलिया, उत्तम केसी नेपाल, राजकुमार शाह, सुमिना कार्की, दुप्चन लामालगायत कलाकारको अभिनय छ । गीतको भिडियो पि आर इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Categorized in साहित्य-कला