यलम्बर सांस्कृतिक कार्यक्रम हुने
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २१, मंगलबार
नेपालका प्रथम किराँती राजा यलम्बरको सम्झनामा किराँती नव–सांस्कृतिक केन्द्रले किराँती समुदायको चाड उभौली साकेला का अवसरमा सांस्कृतिक संस्थानमा यलम्बर सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
केन्द्रले यही जेठ २९ गते यलम्बर सांस्कृतिक विशेष कार्यक्रमका अवसरमा रु दुई लाख १० हजार राशिसहित वरिष्ठ कवि तथा गीतकार भूपाल राईलाई ‘यलम्बर सांस्कृतिक सम्मान’बाट सम्मान गर्ने जनाएको छ । यस्तै रु ३० हजार राशिको किराँती नव सांस्कृतिक सम्मानबाट वरिष्ठ गायक कुवेर राईलाई तथा रु २० हजार राशिसहित किराँती नव–सांस्कृतिक प्रतिभा पुरस्कारबाट वरिष्ठ गायिका मेलिना राईलाई सम्मान गरिने किराँती नव–सांस्कृतिक केन्द्रका संयोजक राकेश किराँतीले जानकारी दिनुभयो ।
यलम्बरको नाममा रहेको उक्त पुरस्कारबाट नेपालको पुरानो ऐतिहासिकतालाई पुनःजागरण गर्न सघाउ पुग्ने तथा किराँत समुदायको चाड साकेलाको पहिचान जोगाउन मद्दत पुग्ने उहाँले बताउनुभयो । केन्द्रका सदस्य गायक रुक्मा राईले यलम्बर सांस्कृतिक कार्यक्रममा किराँती वेषभूषा झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बताउनुभयो । “यसले आफ्नो मौलिकतालाई जोगाइ राख्न मद्दत पुग्छ”, उहाँले भन्नुभयो । उक्त कार्यक्रममा शम्भु राई, सत्यकला राई, रुपकुमार राई, सरला राई, कला राई, मनिषा राईलगायतका कलाकारले सांस्कृतिक प्रस्तुति रहन्छ ।
Categorized in राष्ट्रिय