STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

यस वर्षको एसईईमा तल्लो ग्रेड ल्याउनेको संख्या बढी

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १२, बिहिबार

काठमाडौं- यस वर्षको एसइई परीक्षामा माथिल्लो ग्रेड ल्याउनेको भन्दा तल्लो ग्रेड ल्याउनेको संख्या बढी देखिएको छ। यसैगरी यस वर्षको एसइईमा २२ हजार बढी विद्यार्थी परीक्षामा अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार २०७५ सालको परीक्षाफलमा भन्दा २०७८ सालको परीक्षाफलमा माथिल्लो ग्रेडको तुलनामा तल्लो ग्रेड ल्याउनेको संख्या बढी देखिन्छ।

यसैगरी राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको परीक्षाफल अनुसार २२ हजार ६४० जनाले परीक्षा नै नदिएको देखिएको छ। परीक्षामा सहभागी चार लाख ९५ हजार ७५१ जना विद्यार्थीमध्ये सहभागी नभएकाको प्रतिशत ४।५७ प्रतिशत हो। परीक्षामा ३।६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ छ।

बुधबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हाे। नतिजा अनुसार नौ हजार ६३३ जनाले ४ जीपीए ल्याएका छन् । परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।

कोभिड(१९ महामारीका कारण दुई वर्षपछि विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा परीक्षा दिएका हुन्। विज्ञले अहिलेको नतिजा केही खस्केको भए पनि सन्तोषजनक रहेको बताएका छन्।

कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।

Categorized in शिक्षा