STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

युरोकप अपडेट : बेहोश खेलाडीको स्वास्थ्य स्थितिमा सुधार, स्थगित फिनल्यान्ड र डेनमार्कबीचको खेल मध्यरातमा हुने

Janjati Khabar – एजेन्सी | २०७८ जेठ ३०, आइतबार

डेनमार्कका खेलाडी क्रिस्टिन इरिक्सन मैदानमै बेहोश भएपछि स्थगित भएको युरोकप अन्तर्गतको डेनमार्क र फिनल्यान्डबीचको खेल आइतबार मध्यरातमा हुने भएको छ ।

पुनः सुचारु हुने खेलमा पहिलो हाफको पाँच मिनेट खेल भएपछि केही क्षणको मध्यान्तरपछि दोस्रो हाफको खेल हुने जनाइएको छ ।
यसअघि भएको खेलको ३५ औं मिनेटमा डेनमार्कका खेलाडी इरिक्सन मैदानमा बेहोश भएपछि युईएफएले स्वास्थ्य समस्याका कारण जनाउँदै सो खेल स्थगित गरेको थियो ।

बेहोश भएका खेलाडीको स्वास्थ्य स्थितिमा सुधार आएपछि सो खेल पुनः हुन लागेको हो ।

यो समाचार तयार पारुन्जेलसम्म दुवै देशका खेलाडीहरु मैदानमा अभ्यासरत छन् ।

यसअघिको खेलमा दुवै टोलीबाट कुनै पनि गोल हुनसकेको थिएन ।


Categorized in खेलकुद