STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रक्सी स्वास्थ्यलाई विभिन्न किसिमले हानि

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २७, सोमबार

रक्सी ले स्वास्थ्यलाई विभिन्न किसिमले हानि पु¥याउँछ । १. कलेजो र मस्तिस्क मा असर पार्न सक्ने सम्भावना बाहेक शरीरको विभिन्न भागमाम असर पार्न सक्छ । २. रक्सीले साठ्ठी भन्दा बढी प्रकारका रोगहरु गर्न सक्छ । ३. संसारभरी मानिसको मृत्यु गर्ने देश प्रमुख कारणहरुमा रक्सी पनि एक हो । ४. संसारभरीको कलेजोको क्यान्सर, खानाको नली को क्यान्सर, छरे रोग हरुमा ३० प्रतिशत सम्म रक्सी ले मात्र गर्ने हो । ५. रक्सी ले मुख, घाँटी, स्तन, पेटको विभिन्न अङ्गहरुको क्यान्सर पनि गर्ने हो ६. तौल बढाउने खानेकुराबाट आउने क्यालरीमा भर पर्छ । रक्सीमा कार्बोहाइड्रेट भन्दा क्यालरी हुन्छ र सक्सीसँग चिल्लो खानेकुरा स्न्याक्स पनि खाइन्छ त्यसैले रक्सीले मोटेपन हुने सम्भावना पनि बढाउँछ । ७. गर्भावस्थामा रक्सीको सेवन गरेमा गर्भमा रहेको बच्चामा अनेक असर पर्न सक्ने सम्भावना हुँदा अलिकति पनि सेवन नगर्नु भन्ने अहिले छ । ८. रक्सीको सेवनले दुर्घटना हुने संम्भावना धेरै बढाउंछ, त्यसैले कुनै पनि सवारी वा मसिन चलाउंदा अलिकति पनि रक्सी सेवन गर्न हुँदैन । सवारी दुर्घटना एउटा ठुलो समस्या भएकोले यो कुरा जोड दिन भन्न सकिन्छ कि मानिसहरुले भोजभतरमा आफ्नै आफन्तहरु आफै सवारी साधन चलाएर जाने हो भने या त रक्सी खान नदिनु वा फर्कने सवारी साधनकोे व्यवस्था गर्नु जरुरी देखिन्छ । विदेशमा नेपालीहरुले पनि सवारी साधन चलाउनु छ भने भोज, पार्टीमा रक्सी सेवन गर्दैनन् । सवरी दुर्घटना हुनुको एक प्रमुख कारणमा रक्सीको सेवन रहेको यहाँ गरिएको अनुसन्धानमा पनि देखिएको छ । अन्य देशहरुमा जस्तै यहाँ पनि सवारी चालकहरुको रक्सी सेवनको जाँच गर्न आवश्यक कानुन बनाउन, कार्यान्वयन गर्न चाहिने प्रयोगशाला, उपकरणहरु जस्तै आदि तालिम उपलब्ध गर्न प्रहरी र प्रहरीका चिकित्सकहरुले पहल, जोड गरिराख्नु पर्छ । सवारी दुर्घटना रोक्ने भन्ने विश्व स्वस्थ्य संघ को एक प्रमुख उद्देश्य रहेकोले यस्तो कुरामा आवश्यक प्रयोगशाला बनाउन, उपकरणहरु ल्याउन, तालिम उपलब्ध गर्न त्यहाँबाट पनि सहयोग लिन सकिन्छ । सिमित मात्रामा गरिएको अवलोकन अध्ययनमा आफ्नो नियमित हिसबले दैनिक जीवन बिताइरहेर कम देखि परिमित मात्रामा रक्सी सेवन गर्ने मानिसहरुमा मुटु, पक्षाघात, मधुमेह आदि रोगहरु केही कम भएको भन्ने पाइएको थियो । यस्तो नतिजा देखिनुको धेरै असमर्थताहरु भएको मान्य छ र यस्तो कुनै पनि प्रामाणिक वैज्ञानिक, अनुसन्धान मा पुष्टि भएको छैन । रक्सी खाने धरै बहानाहरु देखाउन सकिन्छ, तर स्वास्थ्यको हिसाबले रक्सी सेवन गर्नु पर्ने कुनै पनि कारण छैन, उल्टो हानि हुन सक्ने सम्भावना धेरै छ । मुटुको रोग, पक्षाघात, मधुमेह आदिबाट बच्न शारीरिक गतिविधि, स्वस्थ खानपान, स्वस्थ्यकर तौल राख्ने, चुरोट, बिडी, सुर्ती, तमाखु, खैनी जर्दा आदि सुर्तीजन्य पदार्थहरुको सेवन नगर्ने, उक्तरक्तचाप, सुगर, कोलष्ट्रोल, आदिको आवश्यक औषधीहरुको नियमित रुपले सेवन गर्ने हो, रक्सी सेवन गर्दा पनि मुख, घाँटी, स्तन, कलेजो, पेटको विभिन्न अंगको क्यान्सर हुने सम्भावना बढ्छ भन्ने पनि देखिएको छ । समाज र व्यक्तिलाई हानि गर्ने लागूपदार्थ र लागूऔषधहरुमा कुनले कति हानि गर्न सक्नेको आधारमा माप, गणना गरिएको कुर हालसालै ल्यान्सेट नामक अन्तराष्ट्रिय विख्यात मेडिकल जर्नलमा प्रकाशित भएको छ । त्यसमा समाज र व्यक्तिलाई हानि गर्ने लागूपदार्थ र लागूऔषधीहरु मध्येमा सबभन्दा बढी हानि गर्ने रक्सी भन्ने पाइएको छ, त्यसपछि दोस्रोमा मात्र लागूपदार्थ हिरोइन छ । यसप्रकार रक्सीले समाज र व्यक्तिलाई लागूपदार्थ हिरोइन भन्दा पनि बढी हानि गर्न सक्छ भन्ने कुरा सबले बुझ्नु पर्छ । विश्व स्वस्थ्य संघले हालसालै प्रकाशित गरेको global status report on alcohol and health नामक प्रतिवेदन अनुसार क्षयरोग, एड्स वा हिंसाबाट हुने मानिसहरुले मृत्युभन्दा रक्सीले गर्छ भन्ने उल्लेख छ । यी कुराहरु थाहा पाएर मात्र हुँदैन, यसको लागि चाहिने आवश्यक कुराहरु, समाजिक चलनहरु, नियमहरु, व्यवस्थाहरु आदि गर्दै जान सबैले आ आफ्नो तहमा प्रयास गर्नु पर्छ । रक्सीको लत हुने मानिसहरुले यस्तो लत छाड्न गर्न सकिने कुराहरु केही यस प्रकार छन्ः १. चिकित्सकसँग सल्लहा जाँच गर्ने, २. रक्सी खाने मानिसहरुको संगत, ठाउँहरुबाट टाढा हुने, ३. कुनै काममा व्यस्त हुने, ४. धार्मिक, सामाजिक सेवा गर्ने समूहमा नियमित जान, ५. लेख, संस्मरण लेख्ने, ६. पहिले फुर्सत नभएर नभ्याएको राम्रो सोख, अभिरुचि मा लाग्ने, ७. आफ्नो भएका सीप, खुबी जस्तो राम्रो स्वर, खेलकुदको सीप आदिको प्रयोग, विकास र उपभोग गर्ने मुख्य कुरा के बुझ्नुपर्छ कि कुनै पनि नचाहिने खराब कुरा संगत, रक्सी जुवा छाड्ने हो भने ती कुराहरु छोड्न खोजेर मात्र नहुन सक्छ अन्य कुनै चाहिने कुराहरुमा व्यस्त हुन पनि जरुरी हुनसक्छ । भनिन्छ नै खाली मन शैतानको घर घर समाजमा युवाहरुलाई पनि नराम्रो कुरा, संगतबाट बचाउन उनीहरुको सीप, खुबी अभिरुचि भएको कुराहरु गर्न, प्रोत्साहन गर्नुपर्छ । त्यसैले पनि समाजमा खेलकुद र संगीतको महत्व हुन्छ । ( मघुमेहको जानकारी तथा उपचार र रोकथाम पुस्तकबाट साभार )
Categorized in राष्ट्रिय