STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रवि लामिछानेमाथि कारबाहीको माग गर्दै पुनः सर्वाेच्चमा रिट

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र १९, आइतबार

काठमाडौं - रवि लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध युवराज पौडेल ‘सफल’ पुनः सर्वाेच्च अदालत पुगेका छन् ।

लामिछानेमाथि राहदानी विवादमा मुद्धा नचलाउने महान्यायाधिवक्ताको उक्त निर्णयविरूद्ध आइतबार युवराज रिट दायर गर्न सर्वाेच्च पुगेका हुन् ।

उनले लामिछाने अमेरिकी नागरिक नै भएको अवस्थामा नेपालको राहदानी लिएको विषयमा कानुनबमोजिम छानविन गरि कडा कारबाहीको माग गरेका छन् ।

सर्वाेच्चमा रविविरुद्ध रिट दायर भए पनि रिट दर्ता भने भइसकेको छैन । उक्त रिटबारे अध्ययन चलिरहेको बताइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेविरूद्ध मुद्दा चलाउन आवश्यक नभएको प्रतिवेदन बुझाएपछि गत चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरूपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए। तर, उक्त निर्णयविरुद्ध पौडेल पुनः सर्वाेच्च पुगेका छन् ।

Categorized in राजनीति