STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रसुवागढी नाकाबाट २० हजार पर्यटक

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १, आइतबार

नेपाल चीनको उत्तरी नाका रसुवागढीबाट चीन जाने आउने पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार सन् २०१८ देखि सन् २०१९ को तीन महीनाको अवधिमा ६० भन्दा बढी देशका पर्यटक रसुवागढीको मितेरी पुलबाट ओहोरदोहोर गरेका छन् । फ्रि भिसामा नेपाल घुम्न आउने चिनियाँ पर्यटक भने १५ महीनाको अवधिमा छ हजार ५८१ पुगेको छ । यसैगरी चीनको भूभागमा अवस्थित पवित्र तीर्थ मानसरोवर जाने तीर्थयात्रुले प्रयोग गर्ने मार्ग हुम्ला जिल्लाको हिल्सा अलावा उत्तरीमार्ग प्रयोग गरी हालसम्म सात हजार २४७ भारतीय यात्रु रसुवागढी नाका प्रयोग गरी मानसरोवर जाने तीर्थयात्रुको आगमन वैशाखबाट शुरु हुने अध्यागमन कार्यालयले जनाएको छ । विसं २०७४ भदौ १६ गतेबाट रसुवागढी नाका अन्तर्राष्ट्रियमार्गको रुपमा मान्यता पाएपछि पर्यटकको ओहोरदोहोर हुन थालेको बताउँदै अध्यागमन प्रमुख घर्तीले ओहोरदोहोर गर्ने पर्यटकको सुविधाका लागि बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म अध्यागमन कार्यालयले सेवा सञ्चालन गर्ने जानकारी दिनुभयो । सीमाक्षेत्रका बासिन्दाले नेपाल केरुङ ओहोरदोहोर गर्न पाउने स्थायी परिचयपत्र लिने रसुवावासीको सङ्ख्या चैत्र मसान्तसम्म १० हजार २३७ पुगेकोे बताइएको छ । चिनियाँबाहेक अन्य देशका पर्यटकबाट भिसा शुल्कवापत सन् २०१८ देखि हालसम्म रु ८६ लाख ६७ हजार ८८७ राजश्व जम्मा भएको छ । कार्यालयमा जानकारीको अभाव, उपयुक्त उपकरण र पूर्वाधारको उचित व्यवस्था हुन नसकेको भए पनि मौजुदा दुई कर्मचारीले सेवा दिइरहेको अध्यागमन कार्यालयले जनाएको छ । भौगोलिक विकटता, काम गर्ने स्थान गहिरो खोच, हावा र सवारीसाधनले उडाउने धुलोले हुने असरलाई समेत कुनै प्रवाह नगरी सबैलाई निरन्तरता दिइएको प्रमुख घर्तीले बताउनुभयो ।
Categorized in राष्ट्रिय