STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रसु पन्त यो वर्षको किड क्विन

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २२, आइतबार

नेवार युवतीहरु बीच हुने मिस नेवाः प्रतियोगिता आयोजना गर्दै आएको नेप्लिज फेशन होमको आयोजनामा शनिबार काठमाडौंको जमल स्थित नाचघरमा यो वर्ष १७ अौं संस्करण को किड क्विन नेपाल २०१९ प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा सहभागी २१ जना प्रतियोगीलाई पछि पार्दै यो वर्ष रसु पन्तले १७ औं किड क्विन नेपाल २०१९ को उपाधि जित्न सफल भएकी छिन् । उनले शिर्ष उपाधिसँगै १० हजार रुपैयाँ र विभिन्न उपहार हाँसिल गरिन् । बालिकाहरुको प्रतिभा प्रस्तुतिका लागि नेप्लिज फेशन होमले यो प्रतियोगिता १७ वर्षदेखि आयोजना गर्दै आएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न १७ औं संस्करणको यस प्रतियोगितामा फस्ट रनरअपको उपाधि रोशिका लामाले र सेकेन्ड रनरअपको उपाधि कृष्मा ढुँगानाले प्राप्त गरे । समारोहमा सोसियल वेलफेयर सानभी बानिया, मिस ट्यालेन्ट सुप्रिया बिष्ट, मिस फ्रेन्डसिप निशा बिक, मिस स्माईल स्नेहा रजक, मिस पर्सनालिटी रितिका थापा, मिस क्याटवाक मनिषा राई, मिस कल्चर प्रकृना प्रधानाँग घोषित भए । यस्तै पब्लिक च्वाईस सुप्रिया तामाङ, बेस्ट ड्रेस सरु खोटेजु, मिस डिसिप्लेन प्राची किबनायो, बेस्ट हेयर स्नेहा प्रजापति, मिस एलिगेन्ट श्रीया जराजु, बेस्ट स्किन आयुषा वाईवा, मिस चार्मिङ निमिषा श्रेष्ठ, घोषित भए । नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बालिकाहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशका लागि आफुहरुले हरेक वर्ष काठमाडौं उपत्यकाका विभिन्न विद्यनलयका बालिका तथा किशोरीहरुबीच यो प्रतियोगिता आयोजना गर्दै आएको बताईन् । सञ्चारकर्मी रोजिन शाक्यले सहजीकरण गरेको सो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको निर्णायकमा वरिष्ठ सञ्चारकर्मीहरु कृष्ण भट्टराई एवम डब्बु क्षेत्री, मार्शलआर्टका गुरु अशोक कुमार श्रेष्ठ, नेपाल एयरलाईन्स कर्पोरेशनका अच्युतराज पहाडी, गायिका लसता जोशी, मेकअप आर्टिस्ट मञ्ज कार्की पाण्डे, उधोगी रोशन सायमी रहेका थिए ।
Categorized in राष्ट्रिय