STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजेन्द्र सुवेदी स्मृति पुरस्कार श्रेष्ठ र थापालाई

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आषाढ २२, शनिबार

वरिष्ठ समालोचक तथा वाङ्मयविद् राजेन्द्र सुवेदी को स्मृतिमा स्थापित राजेन्द्र सुवेदी स्मृति केन्द्रको तत्वावधानमा राजेन्द्र सुवेदी स्मृति पुरस्कार प्रदान गरिने भएको छ । यो पुरस्कार यस वर्ष प्रथम पटक वरिष्ठ समालोचक दयाराम श्रेष्ठ र राजेन्द्र सुवेदी कला पुरस्कार वरिष्ठ नृत्यविद् भैरवबहादुर थापालाई दिने निर्णय भएको छ ।

राजेन्द्र सुवेदी स्मृति केन्द्रका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीको अध्यक्षतामा समाजको असार २१ भएको वैठकबाट सो निर्णय भएको हो ।

वरिष्ठ समालोचक तथा निबन्धकार  राजेन्द्र सुवेदीको स्मृतिमा उहाँको परिवारले दश लाख राशीको अक्षयकोश राखी यो पुस्कारको आयोजना गरेको हो ।

आगामी साउन १९ गते राजेन्द्र सुवेदीको जन्म जयन्तीको अवसर पारेर प्रदान गरिने दुवै पुरस्कारको राशी जनही २१,०००।—  रहेको छ ।

Categorized in साहित्य-कला