राती हिटर बालेर सुत्दा निस्सासिएर आमा र एक महिनाकी छोरीकाे मृत्यु
Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर १८, बिहिबार
काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा आमा एक महिनाकी छोरी मृत अवस्थामा फेला परेका छन् ।
गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी बिहीबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ ।
शेपाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको थियाे । दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको छ ।
राती सुत्दा हिटर बालेर सुतेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीकाे प्रारम्भिक अनुमान छ । किराना पसल सञ्चालन गर्दै आएका शेर्पा परिवार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।
स्थानीयले खबर गरे लगत्तै प्रहरीको टोली गएर शेर्पा परिवार बसेको घरको ढोका फोडेर हेर्दा आमाछोरी मृत अवस्थामा फेला परेको र बुवा भने अचेत अवस्थामा फेला परेको थियाे ।
दुवैजनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाएका छौं।'
Categorized in अपराध-दुर्घटना

