STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

"रातो कार” लोक दोहोरी गीत भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ मङ्सिर ३, शनिबार

अहिले गीत संगीत सुन्नेमात्र हैर्ने कुरा भइसकेको छ भने यसै क्रममा गायकद्वय लीला श्रेष्ठ र नकुल थापाको सहकार्यमा "रातो कार” बोलको लोक दोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ।गायक तथा सर्जक लीलाको सरर बसको झ्यालैमा, मलाई माया,कमल फूल फुल्यो,हातमा घडीजस्ता गीत चर्चित छन् भने गायक नकुलले यसअघि कर्कलाको पानी, पीपलु र वर, सुनकोसीमा बलेफी दोभानजस्ता गीत सार्वजनिक गरिसकेका छन्।

गीतको भिडियो हालै त्रिपुरा म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको  हो। त्रिपुरा म्युजिकको प्रस्तुति रहेको गीतमा लीला र नकुलका साथमा गायिका द्वय स्मृती गौतम तथा सानु धमलाको स्वर रहेको छ। गायक लीलाकै लय र संगीत रहेको गीतलाई पूर्ण गुरुङले एरेञ्ज गरेका हुन्।  

गीतमाथि बनेको आकर्षक भिडियोमा मोडलहरु लोमस शर्मा  र अनु पराजुलीको साथमा सुदीप श्रेष्ठ, सुमन श्रेष्ठ, दीपा  तामाङ र रुपा तिमल्सिनाको अभिनय र नृत्य रहेको छ। 

मिलन श्रेष्ठले निर्देशन गरेको भिडियो राजाराम सिखडाले कोरीयोग्राफ गरेका छन् भने  भिडियोमा सन्तोष तिमल्सिनाको छायांकन र रोशन धितालको सम्पादन रहेको छ।

 

भिडियो 

Categorized in साहित्य-कला